४ श्रावण २०८३, सोमबार

 

मध्यबानेश्वरबाट लुटियो महिलाको सिक्री

काठमाडौं महानगरपालिका–१० मध्यबानेश्वरबाट एक महिलाको सिक्री लुटिएको छ । गोकर्णेश्वर नगरपालिका–६ जोरपाटी घर भएकी ५० वर्षीया महिलाको साथबाट १ तोलाको सुनको सिक्री बिहीबार दिउँसो लुटपाट भएको हो ।

पैदल हिँडिरहेको अवस्थामा हाल नम्बर नखुलेको मोटरसाइकलामा सवार २ जना अपरिचित व्यक्तिले ती महिलाको साथबाट उक्त सिक्री लुटेर फरार थिए ।

यस्तै, महोत्तरीकाे सोनमा गाउँपालिका–२ सोनमा बजार बस्ने ४५ वर्षीया जिमा खातुनको साथबाट नगद १ लाख ३४ हजार रुपैयाँ बिहीबार दिउँसो लुटपाट भएको छ ।

सोनमा गाउँपालिका–१ सोनमा र औरही नगरपालिका–४ बैरियाको बिच चौरमा गौशाला सहयोगी विकाश बैंकबाट  नगद लिई जिमा खातुन र उनकै १२ वर्षीया छोरी घरतर्फ जाने क्रममा नम्बर नखुलेका मोटरसाइकलमा आएका ३ जना अपरिचित व्यक्तिहरूले लुटपाट गरी फरार भएकाे  प्रहरीले जनाएको छ । उनीहरुको खोजी भइरहेको प्रहरीले जानकारी दिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung