४ श्रावण २०८३, सोमबार

 

शिक्षकको कुटाईबाट विद्यार्थीको मृत्यु

निजी स्कुलका शिक्षकको कुटाईबाट घाइते भएका विद्यार्थीको मृत्यु भएको छ । भीमदत्त नगरपालिका–१७ मझगाउँको महाकाली बाल विद्यालयका छात्र माधव कलौनीको गयराती मृत्यु भएको हो । मृतक विद्यार्थीका आफन्तका अनुसार भारतको राममूर्ती अस्पतालमा उनको मृत्यु भएको हो । मृतक विद्यार्थीका मामा पुष्पमणी जोशीले शिक्षककै कुटाईबाट भान्जाको मृत्यु भएको बताए ।

उनका अनुसार डडेल्धुराको उपक्षेत्रीय अस्पताल, महाकाली, सेती, नेपालगन्जको शिक्षण अस्पताल हुँदै तीनदिन अघि मात्रै उनलाई भारतीय अस्पतालमा उपचारका लागि लगिएको थियो ।

विद्यार्थीको मृत्युपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले चार जना शिक्षकलाई नियन्त्रणमा लिएको छ । कञ्चनपुर प्रहरीका अनुसार प्रिन्सिपल यशोदा जोशी, शिक्षकत्रय दुर्गादत्त पाठक, लक्ष्मण भट्ट र हर्क जाग्रीलाई घटनाबारे सोधपुछका लागि ल्याएको हो ।

विद्यालय बाहिर साथीभाईसँग झैझगडाको विषयलाई लिएर विद्यालयका प्राध्यानाध्यापक सहितका शिक्षकले कुटपिट गरेको छात्रको परिवारले बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung