१४ कार्तिक २०८३, शुक्रबार

 

क्रियापुत्री भवनलाई राजभण्डारीको सहयोग

राप्रपा नेता तथा समाजसेवी डिल विकास राजभण्डारीले बागलुङ नगरपालिका–३ हाँडेपाखामा निर्माणाधीन सामुदायिक भवनका लागि एक लाख रुपैयाँ सहयोग गरेका छन् । उनल नेपाल भाषा मंका खलः बागलुङलाई उक्त रकम हस्तान्तरण गरेका हुन् । मंका खलःले सुविधासम्पन्न क्रियापुत्री कक्षसहितको संरचना बनाउन सामुदायिक भवन निर्माण कार्यको अगुवाइ गर्दै आएको छ ।

बागलुङ बजारको किनारा टोलमा जन्मिई काठमाडौं बस्दै आएका राजभण्डारीले समाजसेवा, राजनीति र व्यवसायलाई सँगसँगै अघि लगिरहेका छन् । यसअघि उनले आफू अध्ययन गरेको बागलुङ नगरपालिका–३ राधाकृष्ण टोलस्थित विद्यामन्दिर माविमा सुविधायुक्त कोठा बनाउन १२ लाख ५० हजार रुपैयाँ सहयोग गरिसकेका छन् । होटल एलो प्यागोडाका सञ्चालक राजभण्डारीले शैक्षिक, सामाजिक, धार्मिक र मानवीय हितका क्षेत्रमा सहयोग गर्दै आएका छन् ।

राजभण्डारीले विद्यामन्दिर पुस्तकालय, धौलागिरि वीरेन्द्र मावि, राधाकृष्ण मन्दिर, पञ्चकोट सर्वसिद्धिधाम, साईरामलाई पनि सहयोग गरेका छन् ।

उनको छोरी सबिना राजभण्डारी बेलायतमा शिक्षा क्षेत्रमा क्रियाशील छिन । जेठा छोरा अनिल होटल एलो प्यागोडाको प्रबन्ध निर्देशक हुन् । माइला अजित अमेरिकामा कम्प्युटर इलेक्ट्रोनिक इन्जिनियर छन् । कान्छा डा. अजय नेपाली सेनाका महासेनानी छन् । उनी आर्मी अस्पताल, छाउनीमा किड्नी विशेषज्ञका रूपमा कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung