४ जेष्ठ २०८१, शुक्रबार

 

बामीटक्सारमा २–२ वर्षमा नौमती महोत्सव

गुल्मीको वामीटक्सारमा प्रत्येक २/२ वर्षमा नौमती बाजा महोत्सव हुने भएको छ । बामी विश्व सम्पर्क मञ्चले संस्कृति प्रवर्धन गर्दै मौलिक बाजा संरक्षण गर्न महोत्सव गर्न लागेको सांस्कृतिक समितिका संयोजक वैकुण्ठ रायमाझीले जानकारी दिए ।
२०७७ सालदेखि कार्तिककृष्ण द्वितीयाको दिन पारेर महोत्सव गर्ने निर्णय भएको प्रचार संयोजक रामकृष्ण कँडेलले बताए । महोत्सव सञ्चालनका लागि चेक रिपब्लिकमा रहेका वैकुण्ठ रायमाझीको संयोजकत्वमा ३५ सदस्यीय सांस्कृतिक समिति गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्