६ जेष्ठ २०८१, आईतवार

 

अशक्त सेयर सदस्यको घरमा महिला हित सहकारीको नेतृत्व

महिला हित बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १९औं स्थापना दिवसका अवसरमा अशक्त सेयर सदस्यहरूलाई घरमै गएर भेटघाट गर्नुका साथै कोसेली प्रदान गरेको महिला हित सहकारीको अध्यक्ष लिला देवी खड्काले नयाँ विश्वलाई बताए ।

स्थापना दिवशको उपलक्ष्यमा महिला हित सहकारीलाई विभिन्न तरीकाले योगदान दिएका जेष्ठ शेयर सदस्यहरु र फरक क्षमता भएका शेयर सदस्यहरुलाई घरमा गएर सन्चो विसन्चो सोध्नुका साथै सहकारीको तर्फबाट कोसेली प्रदान गरेको सहकारीको शेयर सदस्य मन्जु श्रेष्ठले जानकारी दिइन ।

महिला हित सहकारीको नेतृत्व आफनो अशक्त शेयर सदस्यहरु हरिकला खत्री ,कर्ण कुमारी खत्री , पदम बहादुर खत्री , कविता शाक्य ,कुष्ण कुमारी खड्का ,सपना रुचाल र सम्झना रुचालको घरमा पुगेको हो ।

कार्यक्रमको सञ्चालन सहकारीकी सचिव सावित्री केसीले गरेकी थिइन् । बागलुड नगरपालिका– ३ गुठीमा रहेको महिला हित सहकारी २०५८ सालमा महिला हित संरक्षण समूहले स्थापना गरेको थियो ।

२५ जना महिला सेयर सदस्यले २५ सयका दरले उठाएर उक्त सहकारी सुरु गरिएको थियो । अहिले महिला हित सहकारीका सेयर सदस्य ९७० जना र सेयर पुँजी २ करोड ४५ लाख पुगेको महिला हित सहकारीको प्रबन्धक चन्द्रा कार्कीले नयाँ विश्वलाई बताइन । सहकारीले ८ जनालाई रोजगारीसमेत दिएको छ भने सहकारीले आफनो भवन निमार्ण गर्न जग्गा समेत खरीद गरी सकेको छ ।

प्रतिक्रिया दिनुहोस्