६ जेष्ठ २०८१, आईतवार

 

आवाजविहीन महिलाहरूको आवाज महिला हित सहकारी

महिला हित बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १९ औं स्थापना दिवसका अवसरमा आफनो शेयर सदस्यहरु विच अन्तरक्रिया सम्पन्न गरेको छ ।

‘सेयर सदस्यहरूलाई आत्मनिर्भर बनाउन महिला हित सहकारीले खेलेको भूमिका ’विषयमा अन्तरक्रियामा सहभागिहरुले महिला हित सहकारीले विपन्न ,आवाजविहिन महिलाहरुको आर्थिक र सामाजिक विकासमा महत्वपूर्ण काम गरेकोमा महिला हित सहकारीको नेतृत्वलाई धन्यवाद दिएका छन् ।

शहर र गाउँमा बस्ने गरिब ,निरक्षर र आय आर्जनमा नजोडिएको महिलाहरुलाई आय ,आर्जन र व्यवसायमा जोडेर उनीहरुको जिवनमा धेरै परिवर्तन आएको र उनीहरुको घरमा र समाजमा आत्मासम्मान पनि पाएको महिला हित सहकारीको अध्यक्ष लिला देवी खड्काले बताइन ।

सबै शेयर सदस्यहरु मिलेर कठिन हालतमा भएको महिलाहरुको जिवन परिवर्तन गर्न सामुहिक प्रयास गर्नु पर्ने विचार शेयर सदस्य मन्जु श्रेष्ठले व्यक्त गरेकी थिइन ।

कार्यक्रममा सुनीता शर्मा ,बालुमाया शाक्य,मिना बास्कोटा ,निर्मला खटिवडा ,लक्ष्मी जिसी कार्की ,काजी रोशन , मुकेशचन्द्र राजभण्डारी ,खड्क कुमारी खड्का ,टिका भण्डारी र दिल कुमारी कार्कीले मन्तव्य राखेका थिए ।

महिला हित सहकारीकी अध्यक्ष लिला देवी खड्काको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष लक्ष्मी केसी ,सहजिकरण सुमन बाँस्कोटोले र संचालन सचिव सावित्रि केसीले गरेका थिए ।

बागलुङ नगरपालिका– ३ गुठीमा रहेको महिला हित सहकारी २०५८ सालमा महिला हित संरक्षण समूहले स्थापना गरेको थियो ।

२५ जना महिला सेयर सदस्यले २५ सयका दरले उठाएर उक्त सहकारी सुरु गरिएको थियो । अहिले महिला हित सहकारीका सेयर सदस्य ९७० जना र सेयर पुँजी २ करोड ४५ लाख पुगेको सहकारीकी प्रबन्धक चन्द्रा कार्कीले जानकारी दिइन । महिला हित सहकारीले ८ जनालाई रोजगारीसमेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्