३ श्रावण २०८३, आईतवार

 

अनुसन्धान विभागले माग्यो २ सय ३२ जना सहायक सूचक

राष्ट्रिय अनुसन्धान विभागले दुई सय ३२ जना सहायक सूचक मागेको छ । विभागले शुक्रबार सूचना प्रकाशित गरी रिक्त सहायक सूचक पदका लागि दरखास्त आह्वान गरेको हो ।

एसएलसी वा एसइई उत्तीर्ण नेपाली नागरिकले यस पदमा आवेदन दिन सक्नेछन् । १८ वर्ष पुरा भई २५ वर्ष ननाघेकाले माघ १९ गतेसम्म आवेदन दिन सकिने विभागले जनाएको छ ।

योग्यता पुगेकाले विभागको वेबसाइट indept.gov.np मार्फत अनलाइनबाटै आवेदन भर्न सक्नेछन् । लिखित परीक्षा, स्वास्थ्य परीक्षण र अन्तर्वार्ताबाट कर्मचारी छनोट गरिने छ ।

विभागका अनुसार आवेदनका लागि परीक्षा दस्तुर एक सय ५० रुपैयाँ र समावेशी समूहका लागि भने थप ३० रुपैयाँ लाग्नेछ ।

माघ २० देखि माघ २६ गतेभित्र भने दोब्बर दस्तुर तिरी दर्खास्त दर्ता गर्न सकिनेछ ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung