७ कार्तिक २०८३, शुक्रबार

 

महिला हित सहकारीको लैङ्गिक हिंसाविरुद्धको सचेतना अभियान

महिला हित सहकारीले लैङ्गिक हिंसाविरुद्धको सचेतना अभियान सञ्चालन गरेको छ । कार्यक्रममा  जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक  नवराज भट्ट, वडा अध्यक्ष लक्ष्मी बाँस्कोटा र सहकारीका सल्लाहकार शकुन्तला शर्मा, महिला हित सहकारीको अध्यक्ष लीलादेवी खड्काले प्रशिक्षण दिएका थिए ।

सचेतना अभियान कार्यक्रममा बागलुङ नगरपालिका -३ गहतेमा ७५ जना महिलाको सहभागिता रहेको थियो । सहकारीले ३ वर्षे कार्ययोजना एवं सहकारी शिक्षा कार्यक्रम पनि चलाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung