४ श्रावण २०८३, सोमबार

 

भारतमा ‘एमसी छागला’ काे न्याय

न्यायको अवधारण र आधार नै निष्पक्षता हो । न्याय विना निष्पक्षता प्रकट भयो भने त्यसको औचित्य रहदैन् । निष्पक्षताको अर्थ जान्न भारतीइ कबि प्रेमचंद को ‘पंच परेम्श्वर’ पढ्नु पर्छ वा न्यायधिश मोहम्द करीम छागलाको जीवनी पढ्नु पर्छ । को थिए त छागला ? जिज्ञासा हुन सक्छ ।

एमसी छागला अर्थात मोहमद करीम छागला, भारतीय नागरिक हुन् । उनको जन्म सन् १९०० मा महाराष्ट्रमा भएको हो । व्यपारिक परिवारमा जन्मिएका छागलाकोे शिक्षा दिक्षा बक्बईमा नै भएको थियो । जो स्वतन्त्र भारतमा हाइकोर्टको मुख्य न्याधिशमा पहिलो भारतीय नागरिकका बनेर नियुक्त भएका थिए । त्यसो त उनी देश स्वतन्त्रता भैरहँदा त्यही दिन बम्बई हाईकोर्टमा मुख्य न्यायधिश नियुक्त भएका हुन् ।

सन् १९४१ मा उनी न्यायधिश नियुक्त भएका थिए । त्यतिवेला भारतमा स्वतन्त्रताको आन्दोलन जारी थियो । भारतको राजनैतिक, समाजिक र संववैधानिक परिदृश्यमा उनको जति प्रभाव अन्य न्यायधिशको पाइदैन् । उनी यस्ता व्यक्ती हुन् । शुरुमा वकिल, त्यसपछि न्यायधिश । न्यायधिशबाट सेवा निवृत भएपछि अन्तराष्ट्रिय अदालतमा न्यायधिश । त्यसपछि अमेरिकाका लागि भारतीय राजदूत, ब्रिटिशका लागि भारतका तर्फबाट उच्च आयुक्त । त्यसपछि भारतको केन्द्रिय मन्त्री मण्डल नेहरु कालमा मन्त्री नियुक्त भएका थिए ।

त्यसैले उनको जीवन उतार चढावयुक्त बन्न पुगेको छ । छागला उनका हजुरबुवाले दिएको उपनाम हो । गूजरातीमा छागलाको अर्थ प्यारो बालक हुन्छ । उनले जिवन भर हजुर बुवाले दिएको उपनामलाई टाईटलमा परिणत गरिदिए । त्यही नामबाट मृत्युपर्यन्त पनि परिचित छन् ।

उनी अलि मुढी स्वभावका थिए । उनी हाइकोर्टमा न्यायधिश रहेका बेला स्वतन्त्र भारतमा गर्वनरको नियुक्ती भएको थियो । महाराष्ट्रका पहिलो गर्वनर नियुक्त भएर आउदा सरकारी उच्च आयुक्त उपस्थित हुन भनिएको थियो । तर उनी अदालती कारवाही सकिए पछि मात्र उक्त समारोहमा उपस्थित भएका थिए । त्यसैगरी महाराष्ट्रमा अमेरिकाका मुख्य न्यायधिश आउँदा उनले विमानस्थल पुगेर स्वागत गर्नुपर्ने थियो । त्यसवेला पनि उनी ढिलो गरी अदालतको काम सकिए पछि मात्र पुगे । भारतका अन्तिम भायसराय लर्ड माउन्ट बेटन पहिलो पटक बम्बई आउँदा पनि उनले पूर्ववत अवस्थालाई निरन्तरता दिदै अदालती कामकारवाही सकेर मात्र त्यहाँ पुगेका थिए । काम प्रति उनको लगाव थियो । अन्य कामलाई उनी कम महत्व दिन्थे । उनले आफ्नो आत्मकथा ‘रोज़ेज़ इन दिसंबर’ प्रकाशित छ । भारतका कानुनका विद्यार्थीका लागि उक्त पुस्तक पठनिय पुस्तकको सुचीमा पर्दछ ।

उनको जीवनलाई तीन पृथक परिदृश्यबाट बुझ्न सकिन्छ । सबै समुदायका प्रेमी एवंम राष्ट्रप्रेमी, स्वतन्त्र नागरिक तर लोकतन्त्रका पक्षधर, राज्यको न्याय पालक । उनलाई पहिलो पटक सन् १९४१ मा तत्कालिन बम्बई हाइकोर्टका मुख्य न्यायधीश सर जॉन ब्युमोंनले न्यायधिश नियुक्त गरेका थिए । त्यसको ६ वर्ष पछि उनी त्यस अदालतमा मुख्य न्यायधिश बनेका हुन् । उनी भारतका पहिलो भारतीय नागरिक मुख्य न्यायधिश हुन् । तत्कालिन भारतमा सर्वाेच्च अदालत थिएन् । २६ जनवरी सन् १९५० मात्र भारतमा सर्वाेच्च अदालत स्थापना भएको हो । त्यतिवेलासम्म भारतमा हाइकोर्ट मात्र थियो । सर्वाेच्च अदालतमा रिट गर्नु परे ल०डन पुग्नु पथ्र्याे ।

उनका कैयौं फैसला स्मरणीय छन् । तर ती मध्ये उनको एउटा फैसला रोचक छ । उनी आफु मुसलमान तर उनले हिन्दुले बहुविबाहका बारेमा गरेको फैसला रोचक छ । मुसलमान समुदायमा बहुविवाह मान्य छ । तर हिन्दुमा दण्डनीय । संबिधानले बहुविवाहका बारेमा हिन्दु र मुस्लिमका बारेमा फरक फरक व्याख्या गरेको छ । तर स्पष्ट उल्लेख गरेको छैन् । उनले त्यही देशमा मुसलमानका लागि बहुविबाह मान्य रहेको सन्र्दभ उल्लेख गर्दै ‘यो व्यक्तीको निजी मामला हो, तर देशको कानुन सबका लागि एक रहनु पर्छ’ भन्दै संविधानमा स्पष्ट व्यवस्था गर्न आग्रह समेत गरेका थिए ।
देशको काननु सबैका लागि एक हुनपर्छ भन्दै पहिलो सुझाव गर्ने व्यक्ती थिए । भारतका प्रसिद्ध कानुनविद् नानी पालकीवालाले समेत आफ्नो आत्मकथामा उनको नाम उल्लेख गर्दै उनको स्वभावको स्मरण गरेका छन् । भारतमा आयकर नियम पालना गराउन ब्रिटिश जज रोलटको भन्दा पनि ठुलो भुमिका निर्वाह गरेको प्रसंगमा छागलालाई उनले संझिएका छन् । उनले देशको पहिलो अर्थ मन्त्रीलाई दोषी प्रमाणित गर्दै गरेको फैसला स्मरण गरेका छन् ।

पालकीवालाले भनेका छन् ‘ उक्त फैसलाबाट जानकारी हुन्छ उनी कति बुद्धिमान, सुसंकृत र दुरदर्शी हुन् भन्ने जानकारी हुन्छ ।’ कानुनलाई मानवी दृष्टिकोणमा अगाल्न सक्ने व्यक्तीका रुपमा उनलाई स्मरण गरेका छन् । उनी बम्बई हाइकोर्टका मुख्य न्यायधिश भएकै बखत मोराजी देसाई त्यस प्रान्तको पहिलो मुख्यमन्त्री बनेका थिए । कतिपय सन्र्दभमा उनको देसाइसँग टकराव नै परेका प्रसंग पनि छन् । सरकारका कामकारवाहीका बारेमा कतिपय प्रसंगमा उनले फैसला गरेका हुन्थे । एक दिन रक्सीमा सरकारले लगाएको प्रतिवन्धका बारेमा सरकारका विरुद्ध गरेको फैसला पछि कुनै कार्यक्रममा सहभागी हुन जाँदा मुख्यमन्त्री देसाईसँग जम्काभेट भएछ ।

त्यहाँ देसाइले उनलाई सरकार विरुद्ध फैेसला गरिरहनु भएको छ,,नी भनेर जवाफ दिएछन् । तुरुन्तै उनले मुख्यमन्त्रीको जवाफमा प्रतिवाद गर्दै भनेछन् ‘ सरकारलाई कुनै व्यक्तीको स्वविवेक माथि नियन्त्रण गर्ने अधिकार रहदैन् । व्यक्तिगत अधिकारका बारेमा कसैलाई पिडित बनाइनु हुदैन् ।’

उनले ‘मुख्यमन्त्रीलाई जवाफ फर्काउदै सरकारले आफ्नो काम गरोस र न्यायलयलाई पनि आफ्नो काम गर्न कुनै अवरोध नगरोस,’ भनेछन् । उनको भनाई भोलिपल्ट अखवारका पानाहरुमा प्रथम पृष्ठमा छापिएछन् । उनले त्यसपछि सरकारलाई जवाफ दिदै लेखेका पनि रहेछन् तपाईंको र मेरो निजी विचारलाई अरु माथि लाद्नु हुदैन् । हाम्रा मान्यता भावि पिढि समक्ष टिक्ने छैनन् । भगवान भरोसा हामीले हामीले कुनै पनि काम गर्नु पनि हुदैन् । जुन काम देशका लागि उचित हुन नसक्ने गरी ।

उनी विचारमा स्पष्ट थिए । उनले रिक्त जजका लागि केही नाम सिफारिश गरेछन् । मुख्यमन्त्रीले उक्त नामका बारेमा आपत्ती जनाएछन् । जसका बारेमा सिफारिश गरिएको थियो । उनी अतिवादी हिन्दु संगठनका सदस्य पनि रहेछन्, मुख्य न्याधिशलाई यो कुराको जानकारी पनि गराएछन् । तर आफु स्वयँम मुस्लिम रहदरहदै उनले जवाफमा भनेछन् ‘उसको कार्यकुशलता, न्याय सम्पादनको क्षमता हेरिनु पर्छ । उसको धार्मिक आस्था र विचारधाराका आधारमा मुल्याकंन गरिनु हुदैन् । छागलाले यो कुरा आफुलाई न्याधिशमा नियुक्त गर्ने सर जॉन ब्युमोंनबाट अनुसरण गरेका थिए । किनकी उनी ब्रिटिश रहँदा रहँदै पनि त्यसबेलामा भारतीय नागरिकलाई न्यायधिश बनाउनु चानेचुने निर्णय थिएन् ।

अझै  भारतीय नेशनल कांग्रेससँग विचार आवद्ध राख्ने व्यक्ती । तर पनि उनलाई व्युमोंनले नियुक्त गरेका थिए । ब्युमोंनले काबिल देखेर नै उनलाई नियुक्त गरेका थिए । सन् १९५८ मा उनले गरेको कारवाहीले भारतमा तहलका मच्चाएको थियो । उनी त्यसबेला सर्वाेच्च अदालतमा न्यायधिश थिए । न्याय प्रक्रियालाई पारदर्शी बनाउनु पर्छ भन्दै देशका अर्थमन्त्री विरुद्धको मुद्धामा खुला पैरवी गराएका थिए । भारतीय जीवन बीमा निगमवाला केसमा खुला सुनुवाई गराए ।

प्रम जवाहरलाल नेहरू उनको उक्त कार्यले खुशी थिएनन् । अझै अर्थमंत्री टीटी कृष्णामचारीलाई यस मामलामा दोषी प्रमाणित गरिदिएका थिए । नेहरूले मन्त्री कृष्णामचारीलाई निकाल्न नचाहदा,नचाहदै पनि बर्खास्त गर्नु परेको थियो । उनको अप्रिय फैसला बाबजूद नेहरुले उनलाई हटाउन खोज्नेहरुलाई भनेका छन् ‘ छागला जस्ता व्यक्ती देशका लागि पूंजी हुन् ।’ त्यसैले उनलाइ नेहरुले न्यायलयबाट सेवा निवृत हुने बित्तिकै अमेरिकाका राजदूत, उच्च आयुक्त र पछि मन्त्री बनाएका थिए ।

एलआईसी मामलामा सरकार विरुद्ध फैसला गरेका व्यक्तीलाई नेहरुले त्यसै मन्त्री नियुक्त गरेका थिएनन्, भनिन्छ । उनलाई मन्त्री बनाएपछि महाबीर त्यागी नाम गरेका सासंदले लिखित रुपमा नेहरु समक्ष आपत्ती प्रकट गरेका थिए, त्यसको जवाफ दिदै नेहरुले भनेका थिए ‘छागलाका नाममा आपत्ती गर्नु, गलत छ । उनको देशप्रेम र खुला विचार सर्वविदित नै छ । यस्ता व्यक्तीलाई जस्तो काम दिएपनि काम गर्न सक्छन् । गरेर देखाएमका पनि छन् । महात्मा गान्धीजीले पनि उनलाई उच्च विचारवाला व्यक्ती भन्नु हुन्थ्यो । म आफ्नो जीवनमा यस्ता कम व्यक्ती मात्र भेटेको छु । उनी जस्ता धर्म निरपेक्षवादी र समाजिक न्यायका पक्षपाती । उनको नाम राष्ट्रपति समक्ष सिफारिश गर्दा राष्ट्रपतिले पनि उनको तारिफ गर्नु भएको थियो ।’ नेहरुले, त्यसैले उनका बारेमा स्पष्ट छु, भनेका थिए ।

तर उनै छागलाले इन्दिरा गान्धीको सरकारका पालामा मन्त्री पदबाट राजीनामा दिएर फेरी वकालत पेशामा फर्किएका थिए । उनले त्यस बखत संसदमा दिएको भाषण अहिले पनि भारतमा स्मरण गरिन्छ । उनले संसदमा भनेका थिए ‘भारतीय दर्शनको आधार हिंदू वा मुसलमान नभएर । सहिष्णुता हो । यदि हिन्दुको कर्तव्य अल्पसंख्यक मुसलमानहरुको संरक्षक गर्नु हो । अल्पसंख्यक मुसलमानले पनि आफु यही देशका नागरिक हांै, भनेर बहुसंख्यकको विश्वास जित्न सक्नु पर्छ ।’ दुबैतर्फबाट कर्तव्यको पालना गरिनु पर्छ, लाखौ हिन्दुले मुसलमानलाई शंकाको दृष्टिले हेर्छन् । मुसलमानले पनि यो शंका निवारण गर्न सक्नु पर्छ ।’ नागरिक संहिंता (सिविल कोड ल ) का बारेमा उनले सुझाव गर्दै, सरकारले कुनै निर्णय गर्दा केही व्यक्ती,जाती वा वर्गको परवाह नगरी समान तरिकाबाट गर्नुपर्छ ।  भारतीय न्याय प्रणालीबाट अनुग्रहीत नेपाली न्याय प्रणालीका न्यायधिशले पनि छागलाको विचार र न्याय शैलीलाई अपनाउने की ?

( एजेन्सीकाे सहयाेगमा )

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung