बागलुङ नगरपालिका–४ कुडुलेमा वैशाखमा श्रीरंगवेंकटेश मुक्तिनारायण श्री विष्णुयाग ,धनधान्याचल महामहोत्सव हुने भएको छ ।नेपालका देवस्थल तीर्थस्थलको प्रचार–प्रसार, वैद्धिक संस्कार सस्कृतिको संरक्षण एवम् सम्वद्र्धन गर्ने उदेश्यले महामहोत्सव आयोजना गरिएको हो ।
अनन्तश्रीविभूषित मुक्तिनाथ पिठाधिश्वर स्वामी कमलाचार्यको सत्संकल्पमा आगामी २०७७ साल वैशाख १० गते देखि १९ गतेसम्म विविध कार्यक्रमको साथ नवनिर्मित देवालयमा भगवानको प्राणप्रतिष्ठा सहितको महामहोत्सव सम्पन्न गर्न समाजसेवी तथा व्यवसायी आनन्द प्रकाश राजभण्डारीको अध्यक्षतामा १ हजार ८ सदस्यीय मुल आयोजक समिति गठन भएको छ ।
राजभण्डारीले श्री रंगवेंकटेश मुक्तिनारायण मन्दिर निर्माणको लागि एक करोडभन्दा बढी आर्थिक सहयोग गरेका छन भने मन्दिरमा संचालित संस्कृत विद्यालयमा आफनो आमा विद्यालक्ष्मी र बुबा टिकाबहादुर राजभण्डारीको स्मृतिमा १० लाखको अक्षय कोष निर्माण गरेका छन ।
कुडुले फेदीमा षडाचार्य स्वामी श्रीधराचार्यद्वरा २०४० सालमा स्थापना भई संचालित रंगवेंकटेश मुक्तिनारायण मन्दीर जीर्ण भएकोले नेपाली वास्तुशैलीमा श्रीराम नाम अंकित गण्डकी शीलाद्धारा स्वदेशी सामाग्री प्रयोग गरिएको विशाल कलात्मक मन्दीर एवम् आलौकिक शालिग्राम संग्रहालयको भगवत प्राण प्रतिष्ठा तथा महामहोत्सव आयोजना गरिएको हो ।
त्यस्तै महामहोत्सव सम्पन्न गर्न विभिन्न उपसमिति समेत गठन भएको छ । मंगलवार भएको भेलामा वोल्दै अनन्तश्रीविभूषित मुक्तिनाथ पिठाधिश्वर स्वामी कमलाचार्य बागलुङलाई विश्वभरका हिन्दु धर्मालम्वीहरुको धार्मिक गन्तव्य बनाउने बताएका छन् ।
धनधान्याचल महामहोत्सवमा नेपालका साथै भारतका सन्तमहात्मा हरुकोसमेत उपस्थीति रहने जनाइएको ।
कालिगण्डकी नदीमा मात्र पाइने तथा हिन्दु धर्मावलम्बीहरुले अति पुज्य मान्ने शालग्रामको बागलुङको संरक्षण गर्ने उदेश्यले संग्राहलय निर्माण गरी संरक्षण गर्न लागिएको संग्रालयका परिकल्पनाकार तथा मन्दीरका अध्यक्ष स्वामी ऋषी प्रपन्नाचार्यले बताए ।
शालिग्राम सिलाको महत्वसँगै दामोदर कुण्डदेखि त्रिवेणीधामसम्मका नदी, मठ मन्दिरका नक्सा तथा शालिग्राम र गण्डकीको महत्व र महिमामा केन्द्रीत बृत्तिचित्रसमेत राख्ने तयारी गरिएको बताइएको छ ।



















































































































































































































