७ कार्तिक २०८३, शुक्रबार

 

राष्ट्रिय सहकारी बैंक कावासोती शाखा समन्वय उपसमितिका पदाधिकारीको पदस्थापन

राष्ट्रिय सहकारी बैंक लिमिटेड कावासोती शाखा समन्वय उप–समिति नवलपुरका पदाधिकारी तथा सदस्यहरुको पदस्थापन कार्यक्रम मंगलवार सम्पन्न भएको छ ।

बैंकको सञ्चालक समितिले मनोनयन गरेका संयोजक, सल्लाहकार तथा सदस्यहरुलाई बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीले पदस्थापन गराएका हुन् ।

शाखामार्फत् सदस्य संस्थाहरुसँगको सम्बन्ध प्रभावकारी बनाउन उपसमितिका संयोजक तथा सदस्यहरुलाई बैंकका सञ्चालक जिसीले आग्रह गरेका छन् ।
पदस्थापन कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमा कुमारी जि.सी.(अञ्जु) ले सहकारी संस्थाहरुलाई वित्तीय सक्षम बनाउन तथा संस्थागत रुपमा अगाडि बढाउनका लागि बैंकको शाखा समन्वय उपसमितिका पदाधिकारी तथा सदस्यहरुलाई सहयोगी भूमिका निर्वाह गनर् आग्रह गरिन् ।

राष्ट्रिय सहकारी बैंकको सञ्चालक समितिले कावासोती शाखा समन्वय उपसमितिको संयोजकमा किसान बचत तथा ऋण सहकारी संस्था गैडाकोटका तिलक पराजुलीलाई चयन गरेको छ । यस्तै उपसमितिका सदस्यमा जिल्ला बचत तथा ऋण सहकारी संघका सचिव होमनाथ जैसी, सिर्जनशिल बचत तथा ऋण सहकारी संस्थाका छविलाल अर्याल, नवप्रतिभा बचत तथा ऋण सहकारीका रामप्रसाद काफ्ले, कालीगण्डकी बचत तथा ऋण सहकारीका सीतादेवी पंगेनी सिग्देल, अमर बहुउद्देश्यीय सहकारी संस्थाका श्यासुन्दर लामिछानेलाई मनोनयन गरेको छ ।
यस्तै उपसमितिका सदस्यहरुमा नवत्रिवेणी बचत तथा ऋण सहकारी संस्थाका नारायणप्रसाद पौडेल, कावासोती बहुउद्देश्यीय सहकारी संस्थाका कृष्णकुमार सिग्देल, गैडाकोट स्वाभिमान बहुउद्देश्यीय सहकारी संस्थाका पोषणराज सुवेदी तथा सदस्य सचिवमा शाखा प्रमुख अरुणा अधिकारी रहेका छन् ।
उपशाखा समन्वय उपसमितिको सल्लाहकारमा जिल्ला सहकारी संघ नवलपुरका अध्यक्ष केशवप्रसाद सापकोटा र जिल्ला बचत तथा ऋण सहकारी संघ नवलपुरका अध्यक्ष माधवप्रसाद गौतम रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung