५ श्रावण २०८३, मंगलवार

 

लकडाउनकै बीच ताराखोलामा आलु खन्ने चटारो

आलुको पकेट क्षेत्र मानिएको ताराखोलामा यति बेला किसानलाई हिउँदे आलु खन्ने चटारो छ । कोरोना कहर र लकडाउनको बीच उनीहरू बारीमा लगाएको आलु खन्न व्यस्त छन् ।

ताराखोलाको मुख्य खेतीका रूपमा मानिने आलु देशका विभिन्न ठाउँमा निर्यात हुने गर्छ । किसानले बर्सेनि पुस, माघ र फागुनमा आलु रोपी जेठ र असारमा खन्ने गर्छन् ।

लकडाउनका कारण सहरकेन्द्रित भएका समेत यति बेला गाँउ फर्केर आलु खन्न व्यस्त बनेको ताराखोला गाँउपालिका–५ धस्मरकी सन्तकुमारी रोकाले बताइन्।

ताराखोलाका किसानको दैनिकी यति बेला बिहान उठेपछि बेलुकीसम्म आलु खनेरै बित्ने गरेको छ । ताराखोलामा उत्पादित आलु बीउका रूपमा समेत निकै राम्रो मानिन्छ । त्यसैले बीउका लागि भण्डारण गर्नसमेत किसानहरू व्यस्त बन्ने गरेका छन् । ताराखोलामा विगतको तुलनामा यस वर्ष आलु उत्पादन घट्ने अनुमान गरिएको छ ।

यस वर्ष असिनापानीले आलुमा क्षति पु¥याएको किसान बताउँछन् । ‘विगतमा जस्तो यस वर्ष आलु त्यति राम्रो फलेको छैन । असिनापानीले आलुको बोटमा क्षति पु¥याउँदा डढुवा लागेको छ,’ वडा नं ५ का स्थानिय प्रकाश रोकाले बताए ।

असिनापानी र अत्यधिक चिसोले गर्दा पानीमा डढ्वा लागेकोले आलु उत्पादनमा कमी आउन सक्ने ताराखोला गाँउपालिका कृषि शाखाले पनि जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung