५ जेष्ठ २०८१, शनिबार

 

सहकारी व्यवस्थापनका सवालमा अभिमुखीकरण

बागलुङ जिल्लामा रहेका सहकारी संस्थाबीच समन्वय र सहकार्य गरेर जाने उद्देश्यले गठन भएको ‘मेनेजर क्लब’ले सहकारी व्यवस्थापनका समसामयिक सवालमा सिकाइ तथा अभिमुखीकरण गरेको छ ।

अहिले चुनौतिको रूपमा रहेको एक व्यक्ति एक सहकारीको नीतिलाई सहकारीले के कसरी संस्थागत गरेर जान सकिन्छ भन्ने विषयमा शनिबार क्लबले बागलुङमा अभिमुखीकरण गरेको हो ।

कार्यक्रममा जिल्ला सहकारी संघ बागलुङको पूर्वअध्यक्ष तथा ग्रीन डेभलपमेन्ट बैंकका डाइरेक्टर कृष्णशंकर श्रेष्ठ, सिवाइसी सहकारी संस्था लिमिटेड बागलुङका अध्यक्ष चण्डीप्रसाद शर्मालगायतका वक्ताहरूले जिल्लामा रहेको सहकारी संस्था प्रतिस्पर्धीको रूपमा नभएर सहयोगीको रूपमा हेर्न जरुरी रहेको धारणा राखेका छन् ।

सहकारीलाई राम्रो बनाउन सहकारीमा कार्यरत कर्मचारी सक्षम हुन नसकेसम्म सहकारीले आर्थिक रूपमा फड्को मार्न नसक्ने हुँदा नेतृत्व विकास तालिम भइरहनुपर्नेमा बोल्ने वक्ताले जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्