५ जेष्ठ २०८१, शनिबार

 

विदेशमा रहेका बिहुँबासीको पहलमा सहकारी स्थापना

काठेखोला गाउँपालिकाका वडा नम्बर ५, ६ र ८ लाई कार्यक्षेत्र बनाई परमानन्द स्मृति बहुउद्देश्यीय सहकारी सञ्चालन गरिएको हो ।

सहकारीले स्थानीय कृषि उत्पादनलाई बजारीकरण, प्राविधिक शिक्षालय सञ्चालन तथा पर्यटन प्रवर्धनमा काम गर्ने लक्ष्य लिएको छ । काठेखोला गाउँपालिका कार्यालयमा २ सय २ जना संस्थापक सेयर सदस्यको ५ करोड १९ लाख १० हजार सेयर पुँजीसहित सहकारी दर्ता भएको हो ।

बिहुँकोट क्षेत्रबाट जापान, अमेरिका, युरोपलगायत देशमा गई रोजगारी गरिरहेकाहरूले पुँजी प्रायः घरजग्गामा लगानी गरिरहेको सन्दर्भमा त्यसलाई एकीकृत गरी ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना गर्ने उद्देश्यले सहकारी स्थापना गरिएको जनाइएको छ ।
बिहँुकोटबाट अमेरिका गई व्यवसाय गर्दै आएका प्रकाश कँडेल, जापानमा व्यवसाय गर्ने टीकाराम कँडेल, कृष्ण सुवेदी र दीपक कँडेलको पहलमा सहकारी स्थापना गरिएको हो ।

बिहुँकोटमा जन्मेका सामाजिक तथा शैक्षिक अभियन्ता १००८ स्वामी ज्ञानानन्द सरस्वतीको सम्झनामा सहकारीको नाम परमानन्द स्मृति राखिएको जनाइएको छ । सोमबार स्थापित सहकारीको तदर्थ समितिको अध्यक्षमा डिलप्रसाद कँडेल चयन भएका छन् ।

उपाध्यक्षमा गौरीशंकर शर्मा सुवेदी, सचिवमा कृष्णप्रसाद कँडेल, सहसचिवमा नारायणप्रसाद कँडेल, कोषाध्यक्षमा चन्द्रीश्वर कँडेल छन् । सदस्यहरूमा कृष्णप्रसाद कँडेल, लीलावती सुवेदी, खगराज कँडेल, टीकाराम कँडेल, शान्ति सापकोटा, वेतप्रसाद कँडेल छन् ।

प्रतिक्रिया दिनुहोस्