वरिष्ठ शल्यचिकित्सक ध्रुब शर्मा मुडभरीको निधन भएको छ। कोरोना संक्रमित डा. मुडभरीको ओम अस्पतालमा उपचारका क्रममा शनिबार दिउसो निधन भएको हो ।
ओम अस्पतालका संस्थापक तथा पूर्व अध्यक्ष डा मुडभरीलाई ९ दिन अघि कोरोना पोजिटिभ देखिएको थियो । ७८ वर्षीय डा मुडभरीको स्वास्थ्यमा केही सुधार आएपछि तीन दिन अघि डिस्चार्ज भएर घर गएका थिए ।
तर घरमा बाथरुममा लडेर गम्भीर घाइते भएका उनलाई तत्कालै अस्पताल ल्याइएको थियो । अस्पतालमा जाँचका क्रममा उनको छातीमा रगत जमेको पाइएको थियो।
अस्पतालमा उनलाई आइसियुमा राखेर उपचार भइरहेको थियो । डा मुडभरी नेपालमा सर्जरी सेवा सुरु गर्ने डाक्टर मध्येका एक हुन्।























































































































































































