५ जेष्ठ २०८१, शनिबार

 

सिवाईसी सहकारीको साधारण सभा

कोरोना भाइरस (कोभिड–१९) को महामारीको कारणले गर्दा सिवाईसी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङले ११ औं साधारणसभा सेवा केन्द्र स्तरीय गरेको छ ।

गण्डकी प्रदेशको सबैभन्दा धेरै शेयर सदस्य भएको सहकारीले साधारणसभा जिल्लाका १० वटा सेवा केन्द्रमा छुट्टाछुट्टै गरेर सम्पन्न गर्ने कार्यक्रम बनाएको छ ।

कार्यक्रममा बागलुङ नगरपालिका –५ का वडा अध्यक्ष शिवप्रसाद सापकोटाले सहकारी संस्था ७ वटा सिद्धान्तअनुसार चल्नुपर्ने बताए । ‘शेयर सदस्य बन्दा राम्रोसँग बुझेर मात्र बन्नुपर्छ,’ उनले भने, ‘बागलुङमा सिवाईसी सहकारीले राम्रो काम गरिरहेको कारण यसले फड्को मारिरहेको छ ।’

स्वास्थ सहकारी संस्थाका कोषाध्यक्ष शालिकराम सापकोटा, मुक्तिराम आचार्य लगायतका बक्ताहरूले शुभकामना मन्तब्य राखेका थिए ।

सिवाइसी सहकारीका अध्यक्ष चण्डीप्रसाद शर्माको अध्यक्षता रहेको साधारणसभामा मालीका सेवा केन्द्रका दीपक आचार्यको संचालन र तुलसीराम सापकोटाको स्वागत मन्तव्य रहेको थियो ।

साधारणसभामा ८० वर्ष नाघेका जेष्ठ नागरिक देवीदत्त उपाध्याय र गंगा बिक, उत्कृष्ट वाल बचतकर्ता प्रभाव रेग्मी, उत्कृष्ट बचतकर्ता रूद्रकली जैसी सापकोटा, असल ऋणी गंगा कुमारी सापकोटा, असल सदस्य नारायणप्रसाद जैसीलाई प्रमाणपत्र र नगदसहित सम्मान गरिएको थियो ।

साधारणसभा प्रगति प्रतिवेदन सहकारीका सिईओ कवी न्यौपाने र आर्थिक प्रतिवेदन कोषाध्यक्ष सितादेवी सापकोटा कँडेलले प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्