५ जेष्ठ २०८१, शनिबार

 

सिवाईसी सहकारीको ११ औं साधारण सभा अक्षेते र गलकोटमा सम्पन्न

कोरोना भाइरस (कोभिड–१९) को महामारीको कारणले गर्दा सिवाईसी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङले संस्थाको साधारण सभा सेवाकेन्द्र स्तरीय गरेको छ । गण्डकी प्रदेशको सबैभन्दा धेरै शेयर सदस्य भएको सहकारीले साधारणसभा जिल्लाका १० वटा सेवा केन्द्रमा छुट्टाछुट्टै गरेर सम्पन्न गर्ने कार्यक्रम बनाएको छ ।
सोहीअनुसार मंगलबार संस्थाले सेवाकेन्द्र अक्षेतेमा आफ्नो ११ औं वार्षिक साधारण सभा गरेको छ ।

संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सहकारीका केन्द्रीय सल्लाहकार होमबहादुर हमालको प्रमुख आथित्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि हमालले सहकारीको सदस्य बन्दा सहकारीले अबलम्बन गरेकाे ७ वटा सिद्दान्तलाई पालना गर्नुपर्ने बताएका छन् । सहकारी दिगाे र जनमुख हुनका लागि सहकारीका सदस्यले ७ सिद्वान्तलाइ पालन गर्नुपर्ने बताएका हुन् ।

साधारण सभामा सिवाईसी सहकारीका सचिव जयराम भारीले आर्थिक वर्ष २०७६/०७७ को प्रस्तावित नीति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । यस्तै, आर्थिक वर्ष ०७६–०७७ को लेखापरीक्षण प्रतिवेदन प्रस्तावित आयव्यय विवरण सिवाईसी सहकारीकी कोषाध्यक्ष सीता देवी सापकोटा कँडेलले प्रस्तुत गरेकी थिइन ।

संस्थाले असल बचतकर्ता गंगाबहादुर थापा, असल बालबचत कर्ता रियान्सु थापा, असल ऋणदाता सावित्री राना, असल सदस्य सोमबहादुर खड्कालाई सम्मान गरेको छ ।

साधारण सभामा सेवाकेन्द्र सञ्चालन तथा व्यवस्थापन उपसमितिका सह–संयोजक तोरणध्वज मल्ल, पुतली थापा, नेपाल रेडक्रस सोसाइटी बागलुङ जिल्लाका सभापति जब्बरबहादुर लामिछाने, सिवार्इसी नेपाल लघुवित्त अक्षेते शाखाका प्रबन्धक सावित्रि शर्मालगायतले शुभकाना मन्तव्य राखेका थिए ।

कार्यक्रम सेवाकेन्द्र अक्षेतेका सचिव सम्झाना थापाको सञ्चालन र सेवाकेन्द्र संयोजक गणेशबहादुर भण्डारीको स्वागत रहेको थियो । संस्थाले आज गलकोट सेवा केन्द्रमा पनि साधारण सभा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्