१६ कार्तिक २०८३, आईतवार

 

जन्मदिनमा मानवसेवा आश्रमलाई श्रेष्ठ परिवारबाट टिभी र नगद सहयोग

आजभोलि जन्मदिन मनाउने नाममा दिइने पार्टी र विशेषमा धेरैले हजारौँ रकम खर्च गर्ने गरेका छन् । जन्मदिनमा पार्टीको नाममा ठूलो धनराशि खर्च गर्दै महँगा होटलमा साथीभाइ जम्मा गरेर केक काट्नेदेखि रमाउने चलन छ ।

तर काठमाडौंको वटुमा बस्ने व्यवसायी मथुराप्रसाद श्रेष्ठले जन्मदिनको अवसरमा मानव सेवा आश्रमलाई ३२ इन्चको टिभी र ३० हजार नगद सहयोग गरेका छन् ।

जन्मदिन मनाउने नाममा फजुल खर्च गर्नुभन्दा त्यो रकम अप्ठ्यारोमा परेकाहरूलाई प्रदान गर्दा उनीहरूको उद्धार र आफूलाई धर्म प्राप्त हुने भन्दै मथुराप्रसाद श्रेष्ठ र उनकी धर्मपत्नी मन्दिरा श्रेष्ठ र छाेरा अनमाेल श्रेष्ठले मानव सेवा आश्रम सामाखुसीलाई नगद र टिभी प्रदान गरेका हुन्।

आफन्त तथा परिवारजन नभएका अनाथ नागरिकलाई संरक्षण गर्ने दायित्व राज्यको भएपनि श्रेष्ठ परिवारले दुई जना बालबालिकाको अभिभावकत्व ग्रहण गर्दै मासिक १० हजार सहयोग गर्दै आएका छन् ।

‘मैले व्यवसायीक जीवनबाट फुर्सद निकालेर समाजमा समस्यामा परेका नागरिकहरुको संरक्षणमा सहयोग पुगोस् भनेर मानव सेवा आश्रम सामाखुशीलाई सहयोग गरेको छु’, व्यवसायीक श्रेष्ठले भने, ‘भविष्यमा पनि मानवीय र सामाजिक क्षेत्रमा नियमित सेवा गर्ने विचार गरेको छु ।’

मानव सेवा आश्रम सामाखुशीलाई नियमित सहयोग गर्दै आइरहेकी बागलुङ कल्याण केन्द्र काठमाडौं महिला समूहकी कोषाध्यक्ष मन्दिरा श्रेष्ठले भनिन्–‘सडकमा अलपत्र परेर दुःख पाएका मानिसहरुको संरक्षणमा जुटेको मानव सेवा आश्रमको पवित्र उद्देश्यलाई टेवा पुगोस् भनि मेरो श्रीमानको जन्मदिनको उपलक्ष्यमा सहयोग उपल्बध गराएका हौं ।’  

श्रेष्ठ परिवारले सामाजिक, शैक्षिक, धार्मिक र मानवीय क्षेत्रमा उल्लेखिय सहयाेग गर्दै आइरहेको छ ।

आश्रममा परिवार तथा आफन्तजन नभएका र अलपत्र परेका वृद्धवृद्धा तथा बालबालिकालाई संरक्षण दिँदै आएको छ । संस्थाले विशेष गरी मानसिक सन्तुलन गुमाएर अलपत्र परेका, सडक बालबालिकालाई लगेर हेरचाह गर्ने गरेको मानवसेवा आश्रम सामाखुसीका सुमन बर्तौलाले नयाँ विश्वालाई बताए । अहिले उक्त संस्थामा ५५ जना आश्रित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung