५ जेष्ठ २०८१, शनिबार

 

पैसा र सीप नभएकै कारण बेरोजगार रहेकालाई सीवाईसी सहकारीले सघाउँछ –शर्मा

सीवाईसी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेलले पैसा र सीप नभएकै कारण कोही पनि बेरोजगार बस्न नपर्ने बताएका छन् ।

सहकारीकोे ११औं साधारणसभाका अवसरमा खर्वाङमा आयोजित कार्यक्रममा उनले सस्तो ब्याजका साथै बिनाब्याजमा समेत सहकारीले सेवा दिइरहेको दाबी गरे ।

उक्त कार्यक्रममार्फत ३ सयभन्दा बढीले रोजगारी पौडेलले बताए । उनले सेवा केन्द्रभित्रका बडिगाड गाउँपालिका–१ र २ का वडाध्यक्षलाई बेरोजगार खोज्न आग्रह गर्दै साथ, सहयोग र सीप दिन सीवाईसी तयार रहेको जनाए ।

सहकारीकी सल्लाहकार सीता शर्माले कोरोना कहरकै बीच एक महिनामा १२ सयभन्दा बढी सेयर सदस्य थपिएको बताइन् । अब वित्तीय साक्षरताको आवश्यकता रहेकाले सहकारीले विभिन्न माध्यमबाट त्यसको पहल थालेको उनको भनाइ छ ।

कार्यक्रममा सीवाईसी सहकारीका केन्द्रीय सचिव जयराम भारीले नीति तथा कार्यक्रम, कोषाध्यक्ष सीतादेवी सापकोटा कँडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

आर्थिक वर्ष २०७६,०७७ मा १ अर्ब ४० करोड ५८ लाख १४ हजार ८ सय ९६ रुपैयाँ कुल पुँजी रहेको सहकारीको २० करोड ५ लाख ६५ हजार कुल सेयर पुँजी छ ।

१ अर्ब ५ करोड ४९ लाख ४० हजार २ सय २० रुयैयाँ कुल बचत रहेको सहकारीले १४ करोड ४७ लाख ४२ हजार ९ सय ६४ रुपैया आम्दानी गर्दा ११ करोड ९५ लाख ४० हजार ५ सय १७ खर्च गरी २ करोड ५२ लाख २ हजार ४ सय ४७ रुपैयाँ मुनाफा गर्न सफल भएको आर्थिक प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्