२३ बैशाख २०८१, आईतवार

 

सहकारीमा ‘गुरु’ : बैंकमा बचतदेखि अटो बर्थडे मेसेजसम्मको सुविधा

एसएमएस बैंकिङ्, मोबाइल बैंकिङ्, इन्टरनेट बैंकिङ्, एटिएम बैंकिङ््, मिस्कल बैंकिङ्, ट्यावलेट बैंकिङ्जस्ता अत्याधुनिक सेवासहित ‘गुरु कोर बैंकिङ्ग सिस्टम’ नेपाली बजारमा आएको छ ।

गुरु इन्फोसिस प्रालिद्धारा निर्मित ‘गुरु कोर बैंकिङ् सिस्टम’ सफ्टवयरको अवधारणाका साथ बजारमा आएको हो ।

सेयर, बचत, ऋण, इन्सुरेन्स म्यानेजमेन्ट, फाइल म्यानेजमेन्ट, एक्टिभिटी लग, अडिट लग, अटो बर्थडे मेसेजआदी मुख्य फिचर छन भने, प्रयोगकर्ता ब्याकप लिने र सुरिक्षत गर्ने झन्झटबाट मुतm हुनेछन् ।

गुरुको मोबाइल बैंकिङ् प्रयोग गरी सहकारीको खातादेखि बैंकमा रकमान्तर गर्न सकिने बताइएको छ ।

सहकारीका लागि चाहिने सम्पूर्ण सेवा सुविधा आफ्नै इकोसिस्टमबाट दिन सकिने भएकाले सहकारीले कुनै सेवा सुविधाको थर्ड पार्र्टी खोज्नु नपर्ने जनाइएको छ ।

प्रधान कार्यालय न्युरोड रहेको छ भने चितवन, नवलपुर, रुपन्देही, बर्दिया, कास्की, मकवानपुर, पर्सा, सुनसरी लगायतमा शाखाविस्तार गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्