६ जेष्ठ २०८१, आईतवार

 

साझा चौतारी सहकारीद्वारा शेयर सदस्यलाई १२ प्रतिशत लाभांश वितरण

साझा चौतारी युवा उद्यमशील सहकारी संस्था लिमिटेडले शेयर सदस्यलाई १२ प्रतिशत लाभांश वितरण गरेको छ । संस्थाको दोस्रो वार्षिक साधारण सभामा शेयर सदस्यलाई १२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

दोस्रो साधारण सभाले बागलुङका १० वटै स्थानीय तहमा शाखा विस्तार गर्ने निर्णय भएको सहकारीका अध्यक्ष मनोज थापाले जानकारी दिए ।

साधारणसभामा व्यवस्थापक मनिषा जिसीले वार्षिक प्रगतिप्रतिवेदन, ऋण उपसमितिका संयोजक टिका थापाले कर्जा सम्बन्धी प्रतिवेदन यस्तै लेखा सुपरिवेक्षण संयोजक भुवानीशंकर अर्यालले लेखासम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए ।

६९ लाख कुल पुँजी भएको सहकारीमा ४ सय जना शेयर सदस्य रहेका छन् । सहकारीले खुद नाफा कमाएकोबाट ०.५ प्रतिशत रकम मानव सेवा आश्रम बागलुङलाई हस्तान्तरण गरेको छ ।  मानवसेवा आश्रमकी अभियान्ता सुमिरा लामालाई सहकारीले उक्त रकम हस्तान्तरण गरेको हो ।

कार्यक्रममा सल्लाहकार नारायण सापकोटा, लखन थापा, मानव सेवा आश्रमकी सुमिरा लामा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सहकारीका अध्यक्ष मनोज थापाको अध्यक्षता सचिव किरण आर्चायको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्