६ जेष्ठ २०८१, आईतवार

 

सदाबहार सहकारीद्वारा सेयर सदस्यलाई १३ प्रतिशत लाभांश वितरण

सदाबहार बचत तथा ऋण सहकारी संस्था लिमिटेड काठमाडौंले आफ्ना सेयर सदस्यलाई १३ प्रतिशत लाभांश वितरण गरेको छ । सहकारीको १३ औं साधारण सभाको अवसरमा आफ्ना सेयर सदस्यलाई १३ प्रतिशत लाभांश वितरण गरेको हो ।

साधारणसभाले कोभिड–१९ बाट अति प्रभावित सेयर सदस्यलाई १ लाखसम्म अनुदान र सहुलिय व्याजदरमा ऋण उपलब्ध गराउने निर्णय गरेको छ ।

सहकारीका अध्यक्ष किस्मतमणि श्रेष्ठका अनुसार सेयर सदस्यको स्वास्थ्य परीक्षण, सेयर सदस्यहरुको स्वास्थ्य विमा र सहकारी भ्रमण र सहकारी शिक्षाका विषयमा सहकारीका सयेर सदस्यलाई अन्तरक्रिया गर्ने निर्णय भएको छ ।

३४८ जना सेयर सदस्य रहेको सहकारीको कुल पुँजी २ करोड २८ लाख रहेको छ । सहकारीले छरिएर रहेको पैसालाई जम्मा गरी आर्थिक विकास गर्ने उद्देश्यसहित सेयर सदस्यलाई सहुलियत व्याजदरमा ऋण उपलब्ध, साना व्यवसायीलाई प्रोत्साहन गर्ने काम गर्दै आइरहेको छ ।

साधारण सभामा पूर्वराज्यमन्त्री राधेश्याम कमारोको प्रमुख आथित्याता रहेको थियो । कार्यक्रममा धौलागिरी सहकारीका अध्यक्ष युक्त प्रसाद शाक्य, धौलागिरि सहकारीका याम श्रेष्ठ, डा. स्वयमप्रकाश श्रेष्ठलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

साधारणसभामा लेखासमिति सदस्य बासना बर्जाचार्यले लेखाप्रतिवेदन, संस्थाकका अध्यक्ष किस्मतमणि श्रेष्ठले वार्षिक प्रगतिप्रतिवेदन र भावि योजना र अनुमानित विवरण कोषाध्यक्ष बसन्तकुमार श्रेष्ठले प्रस्तुत गरेका थिए ।

पुस १९ गते उद्घाटन गरिएको सहकारीको साधारण सभाको समापन २१ गते गरिएको थियो । संस्थाका अध्यक्ष किस्मतमणि श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष ईश्वरी कर्माचार्यको स्वागत कोषाध्यक्ष बसन्तकुमार श्रेष्ठको  सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्