५ जेष्ठ २०८१, शनिबार

 

साझेदारी र कल्याणकारीबीच एकीकरण

बागलुङमा रहेको दुई बहुउद्देश्यीय सहकारी संस्थाहबीच एकिकरण भएको छ । बागलुङ नगरपालिका–२ मा रहेको साझेदारी बहुउदेश्यीय सहकारी संस्था र कल्लाणकारी बहुउदेश्यीय सहकारी संस्थाबीच शनिबार एकिकरण भएको हो । दुई संस्थाले पुस ११ गते एकिकरण सहमति पत्रमा हस्तारक्षर गरेका थिए ।

बागलुङ नगरपालिकामा रहेका दुई सहकारीबीच रहेको दोहोरो सदस्यताको अन्त्य गरी सहकारीमा छरिएर रहेको पुँजीलाई एकत्रित गर्दै एक सक्षम र सवल सहकारी स्थापना गरी सदस्यलाई सर्वसुलभ सेवा प्रदान गर्ने उद्देश्यका साथ दुई सहकारीबीच एकिकरणको घोषणा भएको साझेदारी बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष हरि प्रसाद गौतमले बताए ।

साधारण सभाको उदघाटन गर्दै संस्थाका संस्थापक अध्यक्ष तथा सल्लाहकार राजेन्द्र आचार्यले सहकारीले देशको समृद्धिमा महत्वपुर्ण टेवा पु¥याउने हुँदा यस तर्फ सबै लाग्नुपर्ने बताउनुभयो । उहाले सहकारीले सदस्यको सन्तुष्टिमा ध्यान दिई आर्थिक समृद्धि तर्फ जुटनुपर्ने बताउनुभयो ।

आचार्यले सहकारीहरु सेवा केन्द्रत हुनुपर्ने बताउनुभयो । ‘सहकारीहरु नाफा भन्दापनी शेयर सदस्यहरुको सेवामा केन्द्रीत हुनु जरुरी छ ।’ आचार्यले भन्नुभयो, ‘साझेदारीको सुरुवात राम्रो छ यसलाई विस्तार गर्नु जरुरी छ ।’ शेयर सदस्यले संगै समुदायलेनै प्रत्यक्ष लाभ लिन सक्ने गरी काम गर्न उहाले आग्रह गर्नुभयो ।

दुई संस्थाको एकिकरण पश्चात उद्देश्य मिल्ने अन्य सहकारीहरुसँग पनि एकीकरण प्रकिृया अगाडि बढाउने अध्यक्ष गौतमको भनाइ छ ।
सझोदारी बहुउदेश्यीय सहकारी संस्थाको नामबाट संस्था संचालन हुने साझेदारी–कल्लाणकारी एकीकरण कार्यदलका संयोजक दुर्गादत्त आचार्यले बताए ।

दुई सहकारीहरुबीच माघ १५ गते देखि एकीकृत कारोबार सुरु हुने छ । करोवार साझेदारी सहकारी संस्थाको कार्यालयवाट हुने छ । एकीकरणसँगै संस्थाको आर्थिक सामाजिक गतिविधि, सहकारीको कारोबार र शेयर सदस्यको संख्यामा पनि उल्लेख्य वृद्धि हुने विश्वास गरिएको छ ।

साझेदारी बहुउदेश्यीय सहकारीमा ९ सय ५४ शेयर सदस्य सहित ३ करोड १४ लाख शेयर पुँजी तथा कल्याणकारी बहुउदेश्यीय सहकारी संस्थामा ५ सय ३८ जना शेयर सदस्य सहित १ करोड ११ लाख शेयर पुँजी रहेको छ । दुई सहकारी एकीकरण पश्चात शेयर पुँजी ४ करोड २५ लाख भएको छ ।
क्रमश उद्देश्य मिल्ने अन्य सहकारीसँगपनि एकीकरणको प्रकिृया अगाडि बढाइने कल्याणकारी बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष तथा साझेदारी सहकारीका नवनिर्वाचित उपाध्क्ष चुडामणि आचार्यले बताए ।

साझेदारीलाई जिल्लाको नमुना र विश्वसनीय सहकारीको रुपमा स्थापित गर्न लागी परेका छौ’ आचार्यले भने ।

सझेदारी बहुउदेश्यीय सहकारी संस्थाले बहु उदेश्यीय परियोजना अन्तर्गत विक्रि केन्द्र संचालनमा ल्याएको छ । एकीकरण पश्चात बृहत बहुउद्देश्य परियोजना संचालनका लागि अध्ययन भैरहेको साझेदारी बहुृउदेश्यीय सहकारी संस्थाका नवनिर्वाचित अध्यक्ष एव एकीकरण कार्यदल सदस्य तेज प्रसाद शर्माले बताए ।

कार्यक्रममा संस्थाका सल्लाहकार पोट कुमरी जिसी, सल्लाहकार शिवराज पन्त, कल्याणकारी बहुउदेश्यीय सहकारीका सल्लाहकार इश्वर ठाकुर पौडेल, अध्यक्ष चुडामणी आचाय लगाएतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

साधारण सभाले संस्थाका सचिव डिल्ली प्रसाद गौतम, कोषध्यक्ष गणेश लम्साल र लेखा समिति संयोजक उमाशंकर सापकोटाको आर्थिक प्रतिबेदन अनुमोदन गरेको थियो । कार्यक्रम संस्थाका अध्यक्ष हरि गौतमको अध्यक्षता, उपाध्यक्ष तेज प्रसाद शर्मको स्वागत र सचिव डिल्ली प्रसाद गौतमको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्