६ जेष्ठ २०८१, आईतवार

 

महिला हित सहकारीद्वारा मानवसेवा आश्रमलाई शेयर प्रदान

बागलुङको महिला हित बचत तथा ऋण सहकारी संस्था लिमिटेडले मानव सेवा आश्रमलाई १० हजार रुपैयाँको शेयर प्रदान गरेको छ ।

१९ औं वार्षिक साधारण सभाको निर्णय अनुसार सामाजिक विकास कोष अन्तर्गत मानव सेवा आश्रम बागलुङलाई १० हजार रकमको शेयर प्रदान गरिएकोे संस्थाकी अध्यक्ष लिलादेवि केसी खड्काले जानकारी दिइन् ।

संस्थाका अध्यक्ष खड्काले मानव सेवा आश्रमका केन्द्रीय संयोजक रामजी अधिकारिलाई शेयर प्रमाण पत्र हस्तान्तरण गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्