३० बैशाख २०८२, मंगलवार

 

कालिगण्डकीदेखि बागलुङ बजारसम्म सुतेर नापियो

बागलुङका नेवार समुदायले स्वस्थानी व्रत समाप्ती पूर्णिमाको अवसरमा कालिगण्डकीदेखि बागलुङ बजारसम्म सुतेर बाटो नाप्ने कार्य गरी पर्व मनाएका छन् । ल्याम्ह पुचको आयोजनामा कालिगण्डकी किनारदेखि बागलुङ बजार परिक्रमा गरि पर्व मनाइका हुन् ।

भगवानको नाममा कालिगण्डकीदेखि बागलुङ बजारसम्म १२ किलोमिटर सडक सुतेर नाप्ने कार्य गरी भगवनालाई घरमा भित्र्याइएको ल्याम्ह पुच बागलुङका अध्यक्ष जय राजभण्डारीले जानकारी दिए । उनका अनुसार नेवार समुदायले २ सय वर्षअघि देखि यो पर्व मनाउँदै आइरहेका छन ।

यसमा कुमार केटाले सुतेर बाटो नाप्ने, कालिगण्डकीबाट जल ल्याउने र भगवान महादेव बनेर भक्ति गर्ने परम्परा छ । सोही अवसरमा बाटो नाप्ने इशान मलेपति, कालिगण्डकीबाट जल बोक्ने रिकेश श्रेष्ठ, सुसान्त कृष्ण श्रेष्ठ र रञ्जीत श्रेष्ठले गरेका छन् । यस्तै भगवान महादेव सुसन मलेपति बनेका छन् ।

परम्पराअनुसार कालिगण्डकी किनारदेखि बागलुङ बजार परिक्रमा गरि भगवान भीमसेनलाई घर भित्र्याउने प्रचलन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung