६ जेष्ठ २०८१, आईतवार

 

५२ वर्षमा अस्ताए गीतकार थकाली

सर्वाधिक लोकप्रिय ‘जोमसोमै बजारमा ,बाह्र बजे हावा सरर, ए हजुर घर हाम्रो पोखरा’ गीतका सर्जक तथा संगीतकार विश्व थकालीको अमेरिकामा हृदयघातका कारण निधन भएको छ ।

हिमाली जिल्ला मुस्ताङको जोमसोम चिनाउने मुस्ताङी सर्जक थकालीको शनिबार अमेरिकामा निधन भएको उनका भान्जा अदित थकालीले जानकारी दिएका हुन् ।

उनी लामो समयदेखि अमेरिका बसोबास गर्दैआइरहेका थिए । पुर्ख्यौली घर मुस्ताङको घरपझोङ ४ जोमसोम रहेका उनले साढे २ दशकअघि नेपथ्य ब्यान्ड स्थापना गर्न महत्वपूर्ण भूमिका निभाएका थकालीले ब्यान्ड स्थापनासँगै मुस्ताङको भौगोलिक अवस्थालाई चित्रण गर्दै ‘हावा सरर’ बोलको गीत रचना गरेका थिए ।

सर्जक थकालीको ५२ वर्षको उमेरमा निधन भएको हो। उनका धर्मपत्नी सहित २ छोरा छन्।

प्रतिक्रिया दिनुहोस्