२९ बैशाख २०८२, सोमबार

 

लायन्स क्लब अफ बागलुङ पिस टाउनद्वारा निःशुल्क आँखा शिविर

लायन्स क्लब अफ बागलुङ पिस टाउनले बागलुङमा निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ । १११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा क्लबले बागलुङ नगरपालिका–१० भकुण्डेमा रहेको सरस्वती प्राविमा निःशुल्क शिविर सञ्चालन गरेको हो ।

एक दिने निःशुल्क आँखा शिविरमा विद्यालयमा अध्यनरत विद्यार्थी, अभिभावक तथा वृद्ध–वृद्धाले  शिविरको फाइदा लिएका छन् ।

लायन्स क्लब अफ बागलुङ पिस टाउनकी प्रेसिडेन्ट रमा घिमिरे अनुसार शिविरमा ७० जना व्यक्तिहरुले आँखा जाँच तथा औषधि उपचार गरिएको छ ।

उनीहरुमध्ये मोतीयाविन्दु भएका तीन जनाको धौलागिरि आँखा अस्पतालमा शल्यक्रिया गरिने भएको छ । निःशुल्क आँखा शिविर १७ जनालाई चश्मा वितरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung