१४ कार्तिक २०८३, शुक्रबार

 

ढोरपाटनमा गोरू काटेर भागबिला लगाउँदै गर्दा पाँच जना पक्राउ

गोरू काटेको आरोपमा प्रहरीले ढोरपाटन नगरपालिका–८ बाट पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार गोरू काटेर भागबिला लगाउँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा ढोरपाटन नगरपालिका– ८ भित्ताटोलका ४९ वर्षीय मनबहादुर बिक, ४४ वर्षीय नन्दराम बिक, ३८ वर्षीया पुनी बिक, २६ वर्षीया मिना बिक र ढोरपाटन नगरपालिका–२ घर भई हाल वडा न. ८ भित्ताटोल बस्ने ३६ वर्षिय हरि परियार रहेका छन् ।

सुराकीको आधारमा घटनास्थलमा पुगेको प्रहरी चौकी ढोरपाटनको टोलीले उनीहरुलाई गोरुको मासुसहित नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक इग्वाल हवारीले जानकारी दिए । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बागलुङ ल्याई अनुसन्धान थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung