बागलुङको बडिगाड गाउँपालिका –१० दर्लिङ बल्देधुरीमा भएको घटनाका विषयमा अनुसन्धान गर्न बागलुङका एसपी कृष्णबहादुर पल्ली मगरको टोली घटनास्थल प्रस्थान गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङका डीएसपी इकवाल हवारीका अनुसार घटनाभएलगत्तै एसपीको कमाण्डमा ११ जनाको टोली बुर्तिबाङ प्रस्थान गरेको हो ।
आइबार दिउँसो दुई समूहबीच झडप हुँदा दुई जनाको मृत्यु भएको छ । ‘अहिले गलकोटबाट इन्सपेक्टरकाे कमान्डमा बुर्तिबाङ टोली पुगेको छ,’ हामीले अनुसन्धानका लागि थप प्रहरी खटाएका छौं, भोलिबाट अनुसन्धान शुरु हुन्छ’ उनले भने ।
झडपपछि निसीखोला गाउँपालिका–७ का ३६ वर्षीय प्रकाश कुँवर र सोही ठाउँका ३४ वर्षीय दीपक दमाईको मृत्यु भएको छ । अन्य बेपत्ताको खोजी भइरहेको छ । मृतक कुँवर नेपाली कांग्रेसका जिल्ला सदस्य हुन् ।
स्थानीयका अनुसार दिउँसो रक्सी खाएर गाउँमा गएका निसीखोलाको समूहले भानुमाविको भवन बनाउँदै गरेका ठेकेदारका र स्थानीय युवालाई कुटपिट गरेपछि विवाद भएको थियो ।



















































































































































































































