
प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएको रिटमाथिको सुनुवाइ ‘हेर्दाहेर्दैमा’ राखिएको छ । आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले सुनुवाइलाई हेर्दाहेर्दैमा राखेको हो ।
बहस संवैधानिक इजलास गठनसम्बन्धी विवादमा केन्द्रित भएको थियो ।
इजलासमा उक्त विषयमाथि बहसका लागि प्रधानन्यायाधीश जबराले समय निर्धारण गरिदिएपछि पक्ष र विपक्षका कानुन व्यवसायीले आ–आफ्नो तर्क र दलिल प्रस्तुत गरेका थिए ।
संवैधानिक इजलास गठनका सम्बन्धमा उठेको विवादबारे पनि इजलासले फैसला गर्न बाँकी छ ।
संवैधानिक इजलासमा गत शुक्रबारबाट प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सुनुवाइ सुरु भएको हो ।
सुरुवातमै संवैधानिक इजलासमा रहेका केही न्यायाधीशबारे प्रश्न उठेपछि आइतबार इजलासमा यस विषयमै बहस केन्द्रित गरिएको हो ।सुनुवाइ सोमबार पनि जारी रहने गरी आइतबारको बहस टुंग्याइएको हो ।