१७ बैशाख २०८१, सोमबार

 

मोडलले गरिन् आत्महत्या

कोरोनाका कारण गरिएको लकडाउनकै बीच भारतमा एक मोडलले आत्महत्या गरेकी छन् । उनले १४ औं तल्लाबाट हाम फालेर आत्महत्या गरेकी हुन् ।

घटना भारतस्थित यूपीको गौतमबुद्ध नगरको हो । दिल्लीको मयूरविहारनिवासी मोडल प्रिया अर्थात् भावना पछिल्लो केही दिनदेखि आफ्नी ठूली बहिनी प्रियंकासँग रहँदै आएकी थिइन् ।

कोरोनाकालमा उनले मुम्बईमा मोडलिङसमेत गरेकी थिइन् । परिवारका अनुसार उनी पछिल्लो समय आफ्नो करियरका लागि चिन्तित थिइन् । उनले सोमबार राति साढे आठ बजे नजिकैको सोसाइटीको १४औं तलाबाट हाम फालेकी थिइन् ।

सोसाइटीका सुरक्षा गार्डले समयमै खबर गरेका कारण प्रहरीले उनलाई बेलैमा अस्पतालसमेत पुर्याएको थियो । डाक्टरले परीक्षणपछि उनलाई मृत घोषित गरेका थिए । उनले कुनै सुसाइट नोट नछाडेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्