४ जेष्ठ २०८१, शुक्रबार

 

बाढीमा ६ दिनदेखि बेपत्ता ताराखोलाका कार्की अझै भेटिएनन्

गत असार २३ गते अविरल वर्षापछि आएको बाढीले बगाएर बेपत्ता भएका तारोखाला गाउँपालिका–३ का १८ वर्षीय राजेन्द्र कार्की अझै भेटिएका छैनन् । बेपत्तापछि स्थानीय र प्रहरीले लगातार खोजी गरिरहेको भएपनि उनलाई भेटाउन नसकिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय हरिचौरका प्रहरी प्रमुख अर्जुन बम मल्ल नेतृत्वको टोलीले खोजी कार्य जारी राखेको भएपनि कार्की अझै फेला नपरेको इलाका प्रहरी कार्यालय ताराखोलाका प्रमुख लक्ष्मण न्यौपानेले जानकारी दिए ।

प्रहरीले कार्कीलाई ताराखोलादेखि गलकोट, बडिगाडसम्मका खोजी गरिरहेको छ । कार्कीको खोजीमा प्रहरी चौकी हटिया, प्रहरी चौकी खर्बाङसहित स्थानिय परिचालन भएका छन् ।

बाढीले स्थानीय चन्द्र कार्कीको ४१ वटा बाख्रा स्थानीय महेन्द्र कार्कीको १२ वटा बाख्रासहित पशु चौपाय र घर गोठसँगै रेष्टुरेन्टमा समेत क्षति पुयाएको थियो ।

याे पनि पढ्नुहाेस् :

ताराखोलामा बाढीको बितण्ड : घर, पुलसहित एक जना स्थानीयलाई बाढीले बगायो

प्रतिक्रिया दिनुहोस्