३ कार्तिक २०८३, सोमबार

 

जापानले उपलब्ध गराएको ५ लाख बढी डोज खोप नेपाल आइपुग्यो

जापान सरकारले उपलब्ध गराइएको एस्ट्राजेनेका खोपको पहिलो खेप काठमाडौं आइपुगेको छ । जापान सरकारले कोभ्याक्स परियोजना अन्तर्गत नेपाललाई उपलव्ध गराएको खोपको पहिलो मात्रा खोप काठमाडौं आइपुगेको हो ।

जापानले पठाउने भनेको १६ लाख डोजमध्ये पहिलो चरणमा आज शनिबार बिहान ९ बजे पाँच लाख १३ हजार डोज खोप आइपुगेको हो ।

सोही योजनाअनुसार शनिबार र आइतबार ८ लाख डोज खोप नेपाल भित्रिने बताइएको छ । बाँकी ५ लाख डोज कहिले आउने भन्ने विषय भने टुंगो लागिसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung