३ कार्तिक २०८३, सोमबार

 

स्वास्थ्यमा समस्या देखिएपछि कोरोना संक्रमितलाई हेलिकप्टरमार्फत काठमाडौं लगियो

बागलुङका एक जना कोरोना संक्रमितलाई उपचारका लागि काठमाडौं लगिएको छ ।

बागलङ नगरपालिका–२ का ४८ वर्षीय पुरुषलाई हेलिकप्टरमार्फत उपचारका लागि ललितपुर, भैसिपाटीको मेडिसिटि अस्पतालमा लगिएको बागलुङ नगरपालिका वडा नं २ का वडा सदस्य अर्जुन घिमिरेले नयाँ विश्वलाई जानकारी दिए ।

कोरोना संक्रमणपछि धौलागिरि अस्पतालमा उपचारत उनको फोक्सोमा समस्या देखिएपछि थप उपचारका लागि कैलाश एयरकाे हेलिकप्टरमार्फत काठमाडौं पठाइएको बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिए ।

हाेम आइसोलेसनमा उपचार गराइरहेका उनको श्वासप्रश्वासमा समस्या भएपछि उनलाई श्रावण १९ गते अस्पताल भर्ना गरिएको थियो।

संक्रमित व्यक्तिलाई कोभिड निमोनिया भएको अस्पतालले जनाएको छ ।स्रोतका अनुसार कैलाश एयरको हेलिकप्टरले २ लाख ६० हजारमा बागलुङबाट विरामीलाई काठमाडौं लगेको हो ।

धौलागिरि अस्पतालमा अहिले आईसियूमा १ जना र आइसोलेसन वार्डमा ६ जना कोरोना संक्रमित विरामी रहेको अस्पतालका मेसु डा.शैलेन्द्र बिक पोखरेलले बताए । फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung