७ कार्तिक २०८३, शुक्रबार

 

बर्दघाट–१४ का बाढी पीडित परिवारलाई राहत सामग्री वितरण

मेचीमहाकाली बुहारी संयुक्त आवाजले नवलपरासीमा राहत सामग्री वितरण गरेको छ । बुधबार मेचीमहाकाली बुहारी संयुक्त आवाज जिल्ला शाखा नवलपरासीले बर्दघाट नगरपालिका–१४ का बाढी पीडित १३ घर परिवारलाई राहत सामग्री हस्तान्तरण गरेको हो ।

जिल्ला संयोकज लक्ष्मी भुषालका अनुसार सुनटाडी टोलका १३ घरपरिवारलाई खाद्यान्न, झुल, किशोरीलाई किशोरी किट तथा सुत्केरीहरुलाई सुत्केरी सामग्री वितरण गरिएको छ ।

यस्तै, सुलभ बचत तथा ऋण सहकारी संस्थाले सोही ठाउँका बाढी पीडित शेयर सदस्यलाई राहत बाँडेको छ । बिहीबार सहकारीले शेयर सदस्यहरुलाई घरमै पुगेर खाद्यान्न लगायतका सामग्री हस्तान्तरण गरेको सहकारीले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung