७ कार्तिक २०८३, शुक्रबार

 

धन्वन्तरि स्वास्थ्य सहकारीले मनायो छैटौ स्थापना दिवस

धन्वन्तरि स्वास्थ्य सहकारी संस्था लिमिटेड बागलुङले छैटौ स्थापना दिवस मनाएको छ । आयुर्वेद उपचारका माध्यमबाट स्वास्थ्य सेवामा योगदान गर्ने उदेश्यका साथ २०७२ सालमा स्थापित संस्थाले स्थापना दिवस बनाएको हो ।

स्थानीय स्तरमा खेर गइरहेका जडिबुटीको संरक्षण गर्नुका साथै संकलन केन्द्र राखेर विक्री वितरण गर्ने योजना राखेर बागलुङमा सहकारी स्थापना भएको थियो ।

२ सय २१ जना शेयर सदस्य रहेको सहकारीको शेयर पूजी ४८ लाख ६२ हजार रहेको सहकारीका अध्यक्ष रमाकान्त सापकोटाले बताए । सहकारीका सदस्यमध्ये केहीले जडीबुटी खेती गरेका छन् ।

उनीहरूले उत्पादन गरेको जडीबुटी संकलन गरेर सहकारीमार्फत बजारीकरण गर्ने सहकारीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung