२५ बैशाख २०८१, मंगलवार

 

इनर हुइल क्लब अफ बालाजुद्वारा ठेलागाडा पाएपछि तीन जना श्रमिक महिला मख्ख

इनर हुइल क्लब अफ बालाजुद्वारा ठेलागाडा पाएपछि तीन जना श्रमिक महिला मख्ख भएकी छिन् । क्लबले शनिबार सडकमा सामान बेच्न सहज होस भनि तीन जना श्रमिक महिलाहरुलाई ठेलागाडा वितरण गरेको हो ।

आर्थिक अवस्था कमजोर भएका कविता बस्नेत रायमाझी, विष्णुमाया मोक्ताङ र नानीमैया तामाङलाई डिष्ट्रिक चियरमेन सिमा झाले ठेलागाडा हस्तान्तरण गर्नु भएको थियो ।

उक्त ठेलागाडा क्यानडामा बसोबास गर्ने झिगु पला सोसाइटीले सहयोग गरेको इनर हुइल क्लब अफ बालाजुकी संस्थापक अध्यक्ष प्रा डा कुमुदिनी बज्राचार्य शाक्यले नयाँ विश्वलाई बताइन् ।

सोसाइटीले १ लाख ४ हजार सहयोग गरेको क्लबले जनाएको छ ।

कार्यक्रममारोटरी क्लब अफ बालाजुका पूर्वअध्यक्ष सुमन शाक्य, इनर हुइल क्लबकी  डिष्ट्रिक चियरमेन सिमा झा, फस्थ डिष्ट्रिक चियरमेन कमल पभा खरेल, इनर हुइल क्लब अफ बालाजुकी अध्यक्ष विणा पुरी झा, क्लबकी संस्थापक अध्यक्ष प्रा डा कुमुदिनी बज्राचार्य शाक्यले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको संचालन क्लबकी आइएसओ स्वेच्छा श्रेष्ठले गरेकी थिइन ।इनर हुइल क्लब अफ बालाजु स्थापनादेखि नै सामाजिक,मानविय,शैक्षिक र धार्मिक सेवामा सक्रिय रहेको पूर्वअध्यक्ष सोनी श्रेष्ठले जानकारी दिइन् ।

 

प्रतिक्रिया दिनुहोस्