जिल्ला प्रहरी कार्यालय बागलुङले फुलमायाँ माझीको हत्या गर्ने युवालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।आइतबार प्रहरीले बागलुङ नगरपालिका वडा नम्बर १ बस्ने ४२ वर्षीया फुलमाया माझीलाई बलात्कारपछि हत्या गरेका वर्ष २६ का प्रकाश योगीलाई सार्वजनिक गरेको हो ।
असोज ३० गते विहान ज्याला मजदुरी गर्न गएकी माझी अवेरसम्म घर नर्फिकएपछि परिवारले खोजी गर्दा सोही साँझ पोखरा बागलुङ सडक खण्ड बागलुङ नगरपालिका १ गणेश घुम्ती,खनियाघाटमा फुलमायाँ माझीको शव फेला परेको थियो ।
योगीले माझीको बलात्कार गरेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा स्विकार गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका एसपी दयानिधी ज्ञवालीले जानकारी दिनु भयो ।
असोज ३० गते विहान ज्याला मजदुरी गर्न गएकी माझी अवेरसम्म घर नर्फिकएपछि परिवारले खोजी गर्दा सोही साँझ बागलुङ नगरपालिका–१ गणेशघुम्तीमा हत्या गरिएको अवस्थामा फेला परेका थिए ।अत्याधिक मादक पदार्थ सेवन गर्ने बानि भएका योगीले आफ्नो घरको विपन्न आर्थिक अवस्थाका कारण गहना लुट्न र बलात्कार गर्ने उद्देश्यले उक्त घटना घटाएको प्रहरीले जनाएको छ ।













































































































































































































