७ बैशाख २०८१, शुक्रबार

 

न्युरोड गेटमा स्वनाम साथीले हस्ताक्षर गरेको ‘माओको रचना’ हात पर्दा

पुराना किताब पाइने पसलमा माओका केही रेड बुक फेला परे। गाता पल्टाउँदा झट्ट हस्ताक्षर देखियो– शशि शेरचन !

अरे, शशि शेरचन पो !

हस्तलिखित यो नाम देखेर म झसङ्गजस्तो भएँ। शशि शेरचन अर्थात् स्वनाम साथी !

स्वनाम साथीले पढेका किताब सेकेन्ड ह्यान्डमा पो यहाँ आइपुगेछ ?

काठमाडौं, न्युरोड गेटको थोरै अगाडि। देब्रेपट्टिको पहिलो गल्लीमा एउटा पुरानो पुस्तकको दुकान छ। पुरानो घरको तेस्रो तलामा काठको पुरानै भर्याङ चढ्दै त्यहाँ पुग्नुपर्छ। राजधानीमा रहेको बखत डुल्दैघुम्दै साताको एकचोटि म त्यहाँ पुग्ने गर्छु।

केही साताअघि त्यहाँ पुग्दा तीनचार बोरा त्यस्ता पुस्तक आइपुगेका थिए, जुन पुस्तक न कुनै पुस्तकालयमा पाइन्छन्, न बजारमा। ती सबै समाजवादी वाङ्मयका अर्थात् तत्कालीन सोभियत सङ्घ र माओकालीन चिनियाँ प्रकाशनका दुर्लभ पुस्तक थिए।

लेनिनका संकलित रचनाका कैयौं ठेली, माओका चुनिएका रचनाका गोजीआकारका रेडबुक, माक्र्सवादी दर्शन, राजनीतिक अर्थशास्त्र र समाजवादी अभ्याससँग सम्बन्धित किताब चाङका चाङ थिए। प्रगति प्रकाशन मस्को र विदेशी भाषा प्रकाशन गृह पेकिङबाट छापिएका कम्युनिस्ट पार्टीका दस्तावेज, साहित्य र म्यागेजिन–पत्रिका पनि थिए।

पुरानो किताब पाइने पसलमा जाँदा अरु दिन कुन किताब फेला पर्यो भन्नेमा मेरो चासो हुन्थ्यो। खास ध्यान किताबको विषयमा जान्थ्यो र विषयका आधारमा किताबले मलाई तरङ्गित बनाउँथे। यसपटक भने यी किताब यहाँ आइपुग्ने स्रोत कुन हो भन्ने जिज्ञासाले तरङ्गित पार्यो। जब ‘शशि शेरचन’ हस्ताक्षर भएको रेडबुक देखेँ, तब कसको सङ्कलनबाट किताब आइपुग्छन् भन्ने प्रश्नले गाँज्न थाल्यो।

‘अहो, किताब त थुप्रो आएछन् त दाइ, यसपटकरु’ उँधोमुन्टो लगाएर मोबाइलमा गेम खेलिरहेका पुस्तक पसले दाइलाई मैले सोधेँ, ‘कहाँबाट आउँछन् यस्ता किताबरु’‘अँ, छन् दुई तीन बोरा,’ मोबाइलबाट आँखा नहटाई पसलेले आधाआधी जवाफ फर्काए। मुख्य प्रश्नको जवाफ दिएनन्।

मैले पनि किताबतिरै उँधोमुन्टो लगाएर त्यहाँ रहेका अरु केही किताबका गाता पल्टाएँ, तिनमा केही लेखिएको थिएन। फेरि अर्को किताब भेटियो, माओकै संकलित रचनाको हिन्दी संस्करणको दोस्रो भाग, जहाँ नीलो कलमले लेखिएको थियो, ‘शशि शेरचन, काठमाडौं’ ७३१’

खातमा थुप्रै किताब थिए, जसका भित्री पानाहरू मात्रै पल्टाएर साध्य थिएन। आफूलाई रुचि हुने र आवश्यक पर्ने किताबको विषयसूची हेर्न खोज्दा नै भित्री पानाको हस्ताक्षर भेटिन्थ्यो।‘दर्शनशास्त्रः एक परिचय’ शीर्षकको डा. वीरेन्द्रप्रसाद मिश्ररचित नेपाली भाषाको पुस्तक पनि फेला पर्यो।

दर्शनशास्त्र शीर्षक देखेर मैले यो पुस्तकको विषयसूची हेर्न खोजेँ र भित्री पाना पल्टाएँ। त्यहाँ कालो मसीले लेखिएको भेटियो, ‘आदरणीय साथी श्री सोनामज्यूमा नयाँ वर्षको शुभकामना साथ – वीरेन्द्रप्रसाद मिश्र, २०६१–१२–३१ (हस्ताक्षरमा)’

अब भने मलाई स्वनाम दाइको सम्झनाले झन् गाँज्न थाल्यो। नेपाली कम्युनिस्ट आन्दोलनको एकजना बेजोडा योद्धा स्वनामको दुई वर्षअघि निधन भइसकेको छ। स्वनामबारे निकटस्थहरूले तिनैताक स्मृतिलेखहरू लेखे।

झण्डै एक वर्षअघि निनु चापागाईंको सम्पादकीय नेतृत्वमा उहाँको स्मृति ग्रन्थ पनि प्रकाशित भइसकेको छ। स्वनाम बितेपछि मैले लामो समय एक किसिमको एक्लोपना महसुस गरिरहेँ। उहाँसँग मेरो छोटो संगत हो।

तर १२ वर्षजतिको यो छोटै अवधिमा स्वनाम मलाई सधैँ अभिभावक, आफन्त र प्रियजन लागिरहे। उहाँको जीवनले सधैँ जीवनमुखी भइरहन, सधैँ गरिखाने वर्गका पक्षमा लडिरहन र सधैँ सरल जीवन व्यतीत गरिरहन प्रेरित गरिरहन्थ्यो (उहाँसँगको संस्मरणका अनेक प्रसंग छन्, तिनलाई कुनै दिन अलग्गै लेख्नेछु)।

त्यस्तो मान्छेले आफ्नो युवा उमेरमा के–कस्ता पुस्तकहरू पढे होला ? त्यसबारे मलाई बेलाबेला खुल्दुली भइरहन्थ्यो। उहाँ बेलाबेला आफ्नो सर्वप्रिय थेगो ‘गुरु माओले हामीलाई सिकाउनुभएको छ’ भनिरहनुहुन्थ्यो। बेलाबेला गुरु लेनिन र गुरु मार्क्सलाई पनि उधृत गरिरहनुहुन्थ्यो।

स्वनाम साथीलाई ती गुरुहरूले पुस्तकका पानाबाट उठेर नै दर्शनशास्त्र सिकाएका थिए, पक्कै ! पेकिङ र मस्कोबाट छापिएका ग्रन्थहरूबाट निस्केर गुरुहरूले स्वनाम साथीलाई श्रमजीवी वर्गको पक्षमा जीवन समर्पण गर्न प्रशिक्षित गरेका थिए, सायद। भन्न सकिन्छ– ती किताबहरू स्वनाम साथीका एक समयका साथी थिए ?तर, स्वनाम साथीका ती साथीहरूलाई आज कसले यो बजारमा पुर्यायोरु स्वनाम दाइकै पुस्तक–भण्डारबाट उठाएर पो यहाँ ल्याइएको हो किरु हो भने यो कसले उठाएर ल्याइपुर्यायो होलारु

स्वनाम एउटा यस्तो उदारमना र मनकारी कामरेड हुनुहुन्थ्यो, उहाँले आफूसँग भएको किताबको भण्डार कुनै साथीलाई उपहारै दिन सक्नुहुन्थ्यो। सायद दिनुभएको पो थियो किरु त्यो को साथी होला, जसले आफैँ ती उपहारलाई नगदमा रूपान्तरण गर्ने उपक्रममा लाग्यो१

किताब ओल्टाइपल्टाइ गर्दागर्दै मैले फेरि पसलेलाई सोधें, ‘यी किताब कसले ल्याएको हो त दाइ यहाँ ?’‘छन् मान्छेहरू, ल्याउँछन् बेलाबेला…!’ पसलेले कसैको नामठेगाना बताउन मानेनन्, ‘यस्ता रसियन किताब धेरै पाइँदैनन्, खोजेर ल्याउनुपर्छ। सधैँ आउँदैन।’

अब पसलेलाई धेरै निदीखुदी लगाएर कुनै उत्तर आउनेवाला छैन। मैले आफैँ अनुमान मात्रै गर्न थालेँ। लेखपढ गर्ने इरादा भएका कुनै असल क्रान्तिकारीले स्वनाम साथीसँग मागेर पो उहाँका किताबहरू लगेका थिए किरु ती क्रान्तिकारी कमरेडको संकलनबाट अरु कुनै दोस्रो मान्छेले ९झुट्टा पढाकु०ले लगेर अन्ततः स्वनाम दाइ बितिसकेपछि सेकेन्ड ह्यान्डमा बेचिदिएका पो हुन् किरु

नेपालमा पढाकु देखिन पाउँदा वा त्यसरी आफूलाई चिनाउन पाउँदा दंग पर्ने झुट्टा पढाकुहरूको कमी छैन। क्रान्तिकारी उपाधि पाउँदा मखलेल हुने छद्म क्रान्तिकारीहरूको जसरी बिगबिगी नै छ, त्यसरी नै बौद्धिक हुँ भनिचिनाउनेहरू पनि सामाजिक सञ्जालमा असरल्ल भेटिन्छन्।

किताब पढेको जस्तो देखाउने र किताब बोकेर हिँड्ने तर खासमा किताब नपढ्ने ठूलै पंक्ति हुन्छ। चिया–चुरोट वा दारूपानीमा खर्च गर्न अघिसरा ‘बौद्धिक’हरू, किताबमा खर्च गर्न चाहिँ पछिसरा हुन्छन्। यस्तै ‘क्रान्तिकारी’ वा ‘बौद्धिक’मध्ये कसैले स्वनाम दाइसँग किताब उठाएर पो लगेको थियो किरु अनि उसैले यी किताब आज यहाँ ल्यापुर्याएको त होइन ?

सेकेन्ड ह्यान्ड पसलमा माक्र्सवादी किताबका पुराना (मस्को वा पेकिङ) संस्करण कसले पुर्याउँछरु कतैका पब्लिक लाइब्रेरीहरूबाट चोरेर कति पुर्याइन्छन्रु अनि स्वनाम साथीकै जस्ता व्यक्तिका संकलनबाट कति आइपुग्छन्रु यो त अध्ययनकै अर्को विषय भयो।

स्वनामको हस्ताक्षरका किताब भेटिएपछि मैले उहाँसँग कसकसले संगत गरे होलान् भनेर सम्झन खोजेँ। हुन त स्वनाम कुनै शक्तिपीठ हुनुहुन्थेन, मन्त्री–प्रधानमन्त्री भइसकेको ठूलो नेता पनि उहाँ होइन। ठूला नेता वा प्रसिद्ध व्यक्तित्वहरूसँग खास निकट मै थिएँ भनी आफूलाई पनि ‘हाराहारीको ठूलो’ वा ‘हाराहारीको प्रसिद्ध’ देखाउन चाहनेहरूको ठूलो पंक्ति हुने गर्छ।

स्वनाम शासकीय शक्तिमा स्थापित नेता हुनुहुन्थेन, आजको बजारको दुनियाँबाट प्रसिद्ध भनिने बौद्धिक पनि हुनुहुन्थेन। तर, नेपालको वाम आन्दोलन र कम्युनिस्ट क्रान्तिकारी धारामा उहाँको व्यक्तित्व र जीवनशैलीले एउटा अनुकरणीय र सम्माननीय स्थान बनाएको थियो।

उहाँसँग नजिक रहेर काम गर्ने र संगत गर्ने पंक्ति पनि थियो। स्वनामसँग बौद्धिक सहयोग र सुझाव लिएर काम गर्ने साथीहरू पनि थिए नै। स्वनामको पुस्तक–भण्डारमा त्यो पंक्तिको पहुँच थियो या थिएन, कुन्निरु यो मलाई थाहा छैन।

स्वनामकै अगुवाइमा माक्र्सवाद, दर्शन, पूर्वीय दर्शन आदिको अध्ययन–अनुसन्धान गर्ने अनि राम्रा क्लासिक रचनाको अनुवाद गर्ने उदेश्यले केही संस्थाहरू पनि बनेका थिए। ती संस्थाको लाइब्रेरी थियो या थिएनरु यो पनि थाहा भएन।

कतै तिनै संस्थागत लाइब्रेरीबाट कसैले बदमासी गरेर यी किताब बजारमा पुर्याएको त होइनरु? सोभियत संघका संस्थापक तथा विश्वप्रसिद्ध कम्युनिस्ट नेता भ्लादिमिर इल्यिच लेनिनका संकलित रचनाका सोभियत सङ्घबाटै प्रकाशित ठेली डिल्लीबजारको एउटा पुस्तक पसलमा केही महिनाअघि फेला परेका थिए।

त्यहाँ सबै ठेली अपुग रहेछन्। ठ्याक्कै त्यही संस्करणका बाँकी ठेलीहरू नयाँ सडकको पुरानो किताब पसलमा पुगेका भेटिए। र, यिनै ठेलीसँग रहेका अरु किताबमा स्वनाम साथीका हस्ताक्षर भएका किताब पनि पाइए।

काठमाडौंमा होस् या काठमाडौंबाहिर, चाहेका सामग्री पाइने पुस्तकालय कतै छैन। चल्तीका पुस्तकालयमा धेरै महत्त्वपूर्ण किताब फेलै पर्दैनन्। सहरका नाम चलेका पुस्तक पसलहरूमा पनि ‘नाम चलेका’ किताबकै थाक हुन्छन्। खोजेका किताब, अभिलेख र दस्तावेज नभेटेर लेखपढ गर्ने र अध्ययन–अनुसन्धान गर्ने मान्छेहरू ‘अतृप्त आत्मा’झैँ बेलाबेला पुराना किताब मात्रै बेच्ने दुकानहरूमा पुगिरहेका हुन्छन्।

मेरो हालत पनि त्यस्तैउस्तै छ। बेलाबेला निःशुल्क पुस्तकहरू डाउनलोड गर्न मिल्ने वेबसाइट, ब्लग र अन्य इन्टरनेट माध्यमहरूमा चहारेर घण्टौँ बितायो। किताबको खोजीमा कहिलेकाहीं कम्प्युटरका भित्तामा आँखा जुधाउँदा–जुधाउँदै रात सर्लक्कै जान्छ।

दोकानभित्र पसेर पुराना किताबको धुलो टक्टक्याउँदा–टक्टक्याउँदै कहिलेकाहीँ हात पूरै मैलिने र दिन पूरै अँधेरिने एकैचोटि भइसकेको हुन्छ। यसरी पुराना पसलमा पुग्दा आफूले खोजिहिँडेका किताब मात्रै भेटिन्नन्, नखोजेका त्यस्ता किताब वा दस्तावेज पनि हात लाग्छन्, जसले दिने आनन्द अकथनीय नै हुन्छ। यदाकदा भने यस्ता अपवादका दिन पनि हुन्छन्, जसले हप्तौंसम्म घोत्लिन विवश बनाउँछन्।

स्वनाम साथीले पढेका किताबहरू सेकेन्ड ह्यान्ड पसलमा भेटेको दिन मेरा लागि त्यस्तै अपवादको दिन थियो। यसले एक सातासम्म मलाई जुन नमीठो वियोगान्त अनुभूति गरायो, त्यसलाई कुनै शब्दमा वर्णन गर्न म असमर्थ छु।

स्वनाम साथी र रूपलाल विश्वकर्माले राजनीति गरिरहेको युगमा किताब पढ्न पाउनु वा रेडियो सुन्न पाउनु आज जस्तो सजिलो थिएन। स्वनाम साथीसँगै सर्वहारावादी कम्युनिस्ट लिग (सकली) स्थापना गर्ने खगेन्द्र संग्रौलाले एउटा प्रसंगमा रूपलाल विश्वकर्मा र स्वनाम साथीको विवाद सुनाउनुभएको थियो।

त्यो विवाद स्वनाम साथीले संगठनको आर्थिक कोषबाट रेडियो किनेको विषयमा थियो। कमजोर आर्थिक अवस्था भएको संगठनको थोरैतिनो कोषबाट रेडियो किनिएकोमा रूपलालले स्वनाम साथीको आलोचना गर्नुभएछ।

त्यसबेला स्वनामले जवाफ थियो, ‘साथी, कम्युनिस्ट भनेको ज्ञान, विज्ञान, प्रविधि र सूचनामा पहुँच सबै हिसाबले आफ्नो समयको अघिल्लो दस्ता हो, अघिल्लो दस्ता हुनुपर्छ। उसले सबैभन्दा नयाँ र उन्नत प्रविधि प्रयोग गर्नैपर्छ। त्यसकारण, रेडियो त कम्युनिस्टले सुन्नैपर्छ भनेर मैले पार्टीको पैसाबाट यो किनेको हुँ१’

यो प्रसंगलाई सन्दर्भमा राखेर अनुमान गर्न सकिन्छ– आफ्नो समयमा उपलब्ध ज्ञानहरूमा पोख्त हुन स्वनाम साथीले अध्ययनमा पनि त्यत्तिकै लगाव राखेको हुनुपर्छ। र, संगठनकै योजना र स्रोतमा सानोतिनो पुस्तक–संग्रह गरेको हुनुपर्छ। निजी सम्पत्ति खर्चेर पनि उहाँले पुस्तकहरू जुटाउनु भएको हुँदो हो। यसबारे उहाँको संगत गर्ने अग्रजहरूले नै धेरै भन्न सक्लान्।

तर, उहाँलाई भेट्ने पछिल्लो पुस्ताले पनि सजिलै भन्न सक्ने कुरा हो– स्वनाम साथीको अध्ययन दर्शन, विज्ञानका पछिल्ला उपलब्धि, ज्ञानका नयाँनयाँ धारा र इतिहासबारे गहिरो थियो। आफ्नो अध्ययनलाई पचाएर त्यसको निष्कर्षलाई जनताको भाषामा सम्प्रेषण गर्न सक्ने स्वनामको अद्भूत क्षमता थियो।

उहाँले कुराकानीमा, भेटघाटमा वा कुनै पनि औपचारिक कार्यक्रममा किताबका नाम लिएर सन्दर्भ दिने वा लेखकका उद्धरणहरू सुनाएर आफ्नो कुराको पुष्टि गर्न खोज्नु हुन्थेन। बरु, लोकशैलीमा आफूले बुझेका कुरा अरुलाई बुझाउनु हुन्थ्यो।

हो, उहाँ बारम्बार गुरु माओको नाम लिनुहुन्थ्यो। चीनमा सर्वहारा सांस्कृतिक क्रान्ति चलिरहेकै बेला उहाँका हातमा माओका पाँच ठेली परेका रहेछन्। यो कुरा त्यही दुकानमा फेला परेका उहाँको हस्ताक्षर भएका माओको संकलित रचनाको हिन्दी ठेलीबाट प्रस्ट हुन्छ।

एउटा ठेलीमा ‘शशि शेरचन, १९७३’ लेखेको हस्ताक्षर छ। सन् १९७३ भनेको चीनमा माओकै नेतृत्वमा सर्वहारा सांस्कृतिक क्रान्ति चलिरहेको बेला हो। त्यही बेला माओका ठेली पढिसकेका स्वनामले त्यसपछि माओकै शिक्षा लिएर पुस्तकको ज्ञानलाई व्यवहारमार्फत् कार्यान्वयन गर्न हिँडेको पाइन्छ– सर्वहारावादी कम्युनिस्ट लिग नामक पार्टी स्थापना गरेर। अनि, त्यसपछि उहाँले आफूले पढेका किताब अरुलाई बाँडिदिनु भएको पो थियो कि ?

न्युरोड गेटमा फेला परेका रेडबुकहरू देखेर मलाई स्वनाम दाइको त्यही थेगो ‘गुरु माओले हामीलाई सिकाउनुभएको छ’ सम्झना भयो। अर्थात्, गुरु माओले ‘पुस्तक पूजाको विरोध गर’ भनेर सिकाउनुभएको छ।

स्वनामलाई लाग्यो कि– ‘गुरु माओले पुस्तक पूजा गरेर हुँदैन, पुस्तकको ज्ञानलाई व्यवहारमा लैजान कम्युनिस्ट पार्टी निर्माण गरेर क्रान्तिमा जानुपर्छ भन्नुभएको छ१ पुस्तक पढ्ने हो, अनि लड्ने हो१’ त्यसपछि आफूले पढिसकेका पुस्तक उहाँले आफ्ना कमरेडहरूलाई दिनुभए होला। कति कमरेडहरूसँग घुम्दैघुम्दै ती किताब बिक्रीका लागि पुराना पसलमा पुगे होलान्रु

यो ब्लग लेखिरहँदा मलाई स्वनाम साथीका किताबको मात्रै चिन्ता लागेको चाहिँ होइन। यहाँ नाम नलिए पनि मैले धेरै त्यस्ता बौद्धिकहरूलाई झल्झली सम्झिरहेको छु, जो सामाजिक रूपान्तरणका खातिर आजीवन बौद्धिककर्ममा समर्पित भए।

सम्पूर्ण जीवन अध्ययनमा बिताएका र गाँस काटीकाटी किताब किन्ने श्रमजीवी बौद्धिकहरू नेपालमा थुप्रै छन्। औषधि खानुपर्ने पैसाले किताब खरिद गरेका राजनीतिकर्मीहरू छन्। सामूहिक हितका लागि र न्यायपूर्ण आन्दोलनका लागि जीवन समर्पण गरेका बौद्धिकहरूले जोडेका किताब–भण्डारहरूको संरक्षण अब कसले गर्लारु त्यस्ता दुर्लभ सामाग्रीहरू व्यक्तिको अवसानसँगै नष्ट भएर जानुपर्ने, हराउने वा नाफाका लागि बेचिइनुपर्ने नै हो ? यी प्रश्नले चाहिँ बढी सोचमा पारेको छ।

के हामी त्यस्तो सामूहिक प्रयत्न गर्न सक्दैनौँ, जसले हरेक गाउँ वा नगरमा स्वायत्त र सामुदायिक प्रकृतिको ‘गाउँ अभिलेखालय’ वा ‘नगर अभिलेखालय’ स्थापनाको अभियान चलाओस् ! त्यस्ता अभिलेखमा व्यक्तिका संकलनका सामग्रीहरू पनि संकलित र संरक्षित गरिउन्।

त्यसै उदेश्यका लागि सहरका टोलटोलमा र गाउँघरका बस्तीहरूमा अध्ययन क्लबहरू र पुस्तकालयहरू स्थापना गर्न स्थानीय सरकारहरूले पहल लिँदा के बिग्रन्छरु भोलिको समाज सुन्दर बनाउने उदेश्य बोकेका सामाजिक र राजनीतिक संगठनको त झन् यो पहिलो कार्यभार हुनुपर्ने !

भोलिको समाज सुन्दर बनाउन हिजोको समाज कस्तो थियो र आजको समाज कस्तो छ भनेर थाहा त पाउनैपर्छ। त्यसरी थाहा पाउने स्रोतमध्ये अहिले पनि पुस्तकहरू र लिखित दस्तावेजहरू पहिलो पंक्तिका महत्त्वपूर्ण खजाना हुन्।

सेकेन्ड ह्यान्ड दुकानमा पुगेका स्वनाम साथीका किताब त कुनै रुचि हुने पाठकले दोहोरो–तेहेरो मूल्यमा किन्ला नै ! वा कसैले व्यक्तिगत स्तरमा तिनको उपयोग पनि गर्ला१ तर, समाजका यस्ता धेरै महत्त्वपूर्ण सामग्रीको अभिलेख राख्ने दायित्व कोही व्यक्तिको नभएर समुदायको हुने गरी नीति निर्माण गर्न सकिँदैन होलारु स्वास्थ्य विज्ञानका क्षेत्रमा मरणोपरान्त अंगदान वा शरीरदान गर्ने प्रचलन नेपालमा पनि विस्तारै स्थापित हुँदै गएको छ।

त्यसरी नै समाज–विज्ञानका अध्येताहरूले र संस्थाहरूले (पुस्तकालयहरूले) पनि मरणोपरान्त व्यक्तिका निजी दस्तावेजहरूको संकलन वा पुस्तकालय दान गर्ने अभियान चलाउँदा कसो होला ?अनि, मात्रै स्वनामले पढेका किताब बचारमा बेचिन पुग्दैनथे, बरु कुनै संस्था वा संगठनको पुस्तकालयमा संरक्षित र सुरक्षित हुन पुग्थे।

प्रतिक्रिया दिनुहोस्