१५ बैशाख २०८१, शनिबार

 

लायन्स क्लब अफ बागलुङ मुक्तिनाथद्वारा विद्यार्थीलाई पोशाक वितरण

बागलुङ । लायन्स क्लब अफ बागलुङ मुक्तिनाथले देउराली प्राविका विद्यार्थीलाई विद्यालय पोशाक वितरण वितरण गरेको छ ।

लायन्स क्लब अफ बागलुङ मुक्तिनाथले सामाजिक उत्तरदायित्वअन्तर्गत बागलुङ नगरपालिका ४ ओडारचौरस्थित विद्यालयमा रहेका २७ जना बालबालिकाहरुलाई २८ हजार रुपैयाँको विद्यालय पोशाक हस्तान्तरण गरिएको हो । विद्यालयका प्रधानाध्यापक लक्ष्मी शर्माले विद्यालयमा विपन्न समुदायका बालबालिकाहरु अध्ययन गर्दै आएको बताउनुभयो ।

 

उहाँले विद्यालय पोशाक अनिवार्य भए पनि विद्यालयले उपलब्ध गराउन नसकेको अवस्थामा पोशाक सहयोग पाउँदा निकै खुसी लागेको बताउनुभयो ।

कार्यक्रममा लायन्स क्लब अफ बागलुङ मुक्तिनाथका संस्थापक अध्यक्ष जुनु श्रेष्ठ, श्री देउराली प्राथमिक विद्यालयका व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष वुद्धि बहादुर केसी, लायन्स क्लब अफ धौलागिरि बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, शिक्षक उमाकान्त शर्माले मन्तव्य व्यक्त गरका थिए ।

कार्यक्रम लायन्स क्लब अफ बागलुङ मुक्तिनाथका अध्यक्ष सुनीता श्रेष्ठको अध्यक्षता, प्रथम उपाध्यक्षमा रन्जिता श्रेष्ठको स्वागत र सचिवमा गिता श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो । लायन्स क्लब अफ बागलुङ मुक्तिनाथले स्थापना कालदेखि सामाजिक, शैक्षिक, स्वास्थ्य, मानविय र धार्मिक क्षेत्रमा सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्