४ श्रावण २०८३, सोमबार

 

विद्यामन्दिर माविको ८४औँ वार्षिकोत्सव : छात्रा भलिबल प्रतियोगितामा व्यवस्थापन समूह प्रथम, विज्ञान समूह द्धितीय

बागलुङ । विद्यामन्दिर माध्यमिक विद्यालयको ८४औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको उपलक्ष्यमा छात्रा भलिबल प्रतियोगिता आयोजना गरिएको छ ।

सोमबार सम्पन्न प्रतियोगितामा व्यवस्थापन समूह प्रथम भएका छन् भने विज्ञान समूह द्धितीय भएका छन्।

विद्यालयको वार्षिकोत्सव तथा अभिभावक दिवसको उपलक्ष्यमा विभिन्न खेलकुद, सांस्कृतिक र विज्ञान प्रदर्शनीको प्रतियोगिता आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक छवि रमण रेग्मीले बताउनुभयो ।

प्रतियोगितामा सात समूहले भाग लिएको प्रतिायोगिता संयोजकत्व शिक्षक चित्रबहादुर केसीले जानकारी दिनुभयो।

विजयी विद्यार्थीहरुले फागुण एक गते नगद, मेडल र प्रमाणपत्र पाउने विद्यालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung