फलेवास नगरपालिकाकी उपमेयर शोभा कुमारी क्षेत्रीले जन्मदिनको अवसरमा विरामीलाई आर्थिक सहयोग गरेकी छन् । फलेसवास नगरपालिका वडा नम्बर ३ का एक परिवारलाई जन्मदिनको अवसरमा उपमेयर क्षेत्रीले ५ हजार आर्थिक सहयोग गरेकी हुन् ।
‘सम्पन्न परिवारको पहुँचवाला परिवरको दुःखमा भेटघाट साथ सपोट ओइरो लाग्छ तर म फरक खालको छु,’ उनले भनिन्- ‘सम्पन्न हैन पहुचवाला हैन बिपन्न पहुँच नभएकाहरुको मलम बन्नपर्छ सकेको सहयोग गर्न पर्छ भेट्नपर्छ भन्ने उद्देश्यका साथ मेरो जन्म दिनको दिनमा थोरै भए पनि केक पाटी नगरेर त्यो पैसा विरामीलाई सहयोग गरेकी छु ।’



















































































































































































































