
बागलुङ । लायन्स क्लब अफ बागलुङ मुक्तिनाथको वर्ष २०२५,२०२६ का लागि अध्यक्षमा प्रकृति राजभण्डारी सर्वसम्मत चयन भएकी छिन् । राजभण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति निर्माण भएको छ ।
समितिको प्रथम उपाध्यक्ष सिता श्रेष्ठ , द्धितीय उपाध्यक्षमा गिता श्रेष्ठ , तृतीय उपाध्यक्षमा सृजना श्रेष्ठ , सचिवमा चाँदनी श्रेष्ठ र कोषाध्यक्षमा सविता श्रेष्ठ चयन भएका छन् ।
साथै म्याबरसिप चियर पर्सनमा सरिता राजभण्डारी र एलसिआइएफ कोडिनेटरमा राधिका मल्ल चयन भएकी छिन् ।
कार्यक्रममा लायन्स क्लब अफ बागलुङ मुक्तिनाथकी संस्थापक अध्यक्ष तथा जोन चियर पर्सन जुनु श्रेष्ठले नवनिर्वाचित समितिलाई बधाई तथा सफल कार्यकालको शुभकाना व्यक्त गरेकी थिइन् ।