
बागलुङ । बागलुङ समाज कल्याण केन्द्र काठमाडौं महिला समूहले ६५ जना विद्यार्थीहरुलाई जुत्ता सहयोग गरेको छ । महिला समूहले ५१ हजार बराबरको जुत्ता आशा शिक्षा सदन भक्तपुरका विद्यार्थीहलाई हस्तान्तरण गरेको हो।
६५ जना विद्यार्थीलाई महिला समूहकी उपाध्यक्ष मन्दिरा श्रेष्ठले मोजा सहयोग गरेकी थिइन् । साथै महिल समूहकी अध्यक्षले पनि स्टेशनरी सामान उपलब्ध गराएकी थिइन् भने विद्यार्थीलाई बागलुङ समाज कल्याण केन्द्र काठमाडौंकी निर्वतमान अध्यक्ष रसुमिला श्रेष्ठले भोजनको व्यवस्था गरेकी थिइन् ।
‘हामीले विद्यार्थीहरुको उज्ज्वल शैक्षिक भविष्य निर्माण गर्न र मनोबल उच्च बनाउन सहयोग उपलब्ध गराएको,’ बागलुङ समाज कल्याण केन्द्र काठमाडौं महिला समूहकी अध्यक्ष सोनी श्रेष्ठले भनिन् ।
बागलुङ समाज कल्याण केन्द्र काठमाडौं महिला समूहले महिला शसक्तिकरण, शिक्षा, जनस्वास्थ्य, सामाजिक, मानविय र धार्मिक क्षेत्रहरुमा आर्थिक तथा भौतिक सहयोग गर्दै आएको छ ।