बागलुङ । बागलुङ नगरपालिका–५ मालिकास्थित प्रसिद्ध धार्मिक शक्तिपिठ मालिका भगवती मन्दिर परिसरमा लायन्स क्लब अफ धौलागिरि बागलुङ र लायन्स क्लब अफ बागलुङ शालिग्रामको संयुक्त आयोजनामा वृक्षारोपण गरिएको छ।
वातावरण संरक्षण, जलवायु परिवर्तनको न्युनिकरण र प्लाष्टिक प्रदूषणको अन्त्य गर्न वृक्षारोपन गरिएको लायन्स क्लब अफ धौलागिरि बागलुङका अध्यक्ष राजेश भारीले बताउनुभयो । मन्दिर परिसरमा ८५ प्रजातिका विभिन्न प्रजातिका विरुवा रोपिएको छ ।
बागलुङ नगरपालिका-५ का वडा अध्यक्ष हरि प्रसाद शर्माले वातावरण संरक्षण र प्रकृतिको रक्षाको लागि युवाहरु क्रियाशिल हुनु पर्ने बताउनुभयो ।
कार्यक्रम लायन्स क्लब अफ धौलागिरि बागलुङका अध्यक्ष राजेश भारी र लायन्स क्लब अफ बागलुङ शालिग्रामकी अध्यक्ष आशा राजभण्डारी भारीको अध्यक्षता र लायन्स क्लब अफ धौलागिरि बागलुङका सचिव विदेश कुमार श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।लायन्स क्लब अफ धौलागिरि बागलुङ र बागलुङ शालिग्राम क्लबका सदस्यको नेतृत्व विकासका साथै मानविय, पर्यावरण, शैक्षिक, सामाजिक र जनस्वास्थ्य क्षेत्रमा क्रियाशिल छन् ।
















































































































































































































