३ श्रावण २०८३, आईतवार

 

बागलुङ नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड शुरु

बागलुङ । बागलुङ नगरपालिकामा सोमबारदेखी आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । बागलुङको बाङ्गेचौर खेल मैदानमा शुरु भएको प्रतियोगिताको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले शिक्षा, स्वास्थ्य र खेलकुदमा नगरपालिकाले ठूलो लगानी गरेको बताउनुभयो ।

उहाँले खेल स्वास्थ्यका लागि मात्रै नभएर अनुशासनका लागि समेत महत्वपूर्ण रहेको बताउँदै मंसिर महिना खेलकुदमय बनेको बताउनुभयो । उहाँले राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताले स्थानीय तहमा खेलकूदका गतिवीधी बढेको बताउनुभयो ।

कार्यक्रम चिल्ड्रेनलाईफ बोडिङ स्कुकलका प्रिन्सिपल नवराज श्रेष्ठ, नगर बाल सञ्जालका अध्यक्ष अनुस्का कँडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । प्रतियोगितमा सामुदायिक र संस्थागत गरी ४१ विद्यालयका विद्यार्थीको सहभागीता रहनेछ । कार्यक्रम बागलुङ बजारबाट ¥याली सहित बाङ्गेचौर खेल मैदानमा पुगेर मार्चपास पछि शुरु भएको थियो ।

कार्यक्रममा फ्युचर बोर्डिङ स्कूल, सनराइज आवासीय माध्यामिक विद्यालय र तेक्बान्दे संघ बागलुङले कला संस्कृति झल्काउने नृत्य, झाकी तथा कला प्रस्तुत गरेका थिए । कार्यक्रम बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इश्वरी प्रसाद शर्माको अध्यक्षता, बानपा–११ का वडा अध्यक्ष ज्ञानेन्द्र गौतमको स्वागत तथा नगर शिक्षा अधिकारी धन प्रसाद पोख्रेलको स्वागतमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung