बागलुङ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत गलकोटको हटियामा महिला जनप्रतिनिधि र स्वंयसेविकालाई सचेतना कार्यक्रम आयोजना गरिएको छ ।
गलकोट नगरपालिकाको आयोजना र अन्तर पार्टी महिला संजाल जिल्ला कार्यसमिति बागलुङको संयोजनमा सोमबार अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा महिला अधिकार, महिला हिंसा र कानुनी व्यवस्था र साइबर क्राइमको बारेमा जानकारी प्रदान गरिएको थियो ।
कार्यक्रममा गलकोट नगरपालिकाका मेयर भरत शर्मा गैरे, प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर जिसी, अन्तर पार्टी महिला सञ्जाल जिल्ला कार्यसमिति बागलुङकी सल्लाहकार अधिवक्ता लक्ष्मी बाँस्कोटा, सहसचिव कालिका सापकोटा, पूर्वसल्लाहकार पार्वती आचार्य, पूर्वसचिव पिंगला खड्का जिसी, गलकोट उद्योग वाणिज्य संघका उपाध्यक्ष कौशिला घर्ती मगर, जिल्ला प्रहरी कार्यालय बागलुङका इनिस्पेक्टर यामनारायण आर्यालले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम अन्तर पार्टी महिला सञ्जाल जिल्ला कार्यसमिति बागलुङकी अध्यक्ष सीता सापकोटाको अध्यक्षता, कोषाध्यक्ष ललिता थापाको स्वागत र सचिव हुमा देवी खड्काको सञ्चालनमा सम्पन्न भएको थियो ।















































































































































































































