३ श्रावण २०८३, आईतवार

 

लायन्स क्लब अफ बागलुङको अध्यक्षमा भुपेन्द्र केसी, सचिवमा चिरिन्जिवि श्रेष्ठ

बागलुङ । लायन्स क्लब अफ बागलुङको वर्ष २०२६-२०२७ का लागि अध्यक्षमा भुपेन्द्र केसी सर्वसम्मत चयन भएका छन् ।

शनिबार केसीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।

समितिको प्रथम उपाध्यक्षमा तिलक खड्का, द्धितीय उपाध्यक्षमा अमृत प्रसाद कँडेल, तृतीय उपाध्यक्षमा नारायण शर्मा, सचिवमा चिरिन्जिवि श्रेष्ठ र कोषाध्यक्षमा शशी भट्टराई चयन भएका छन् ।

नवनिर्वाचित कार्यसमितिलाई लायन्स क्लब अफ बागलुङका अध्यक्ष नारायण प्रसाद शर्मा, संस्थापक अध्यक्ष दुर्गा कुँवर, पूर्वअध्यक्षहरु युक्त प्रसाद सुवेदी, केशव सापकोटा, राजु गौतमले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रम लायन्स क्लब अफ बागलुङका अध्यक्ष नारायण प्रसाद शर्माको अध्यक्षता र सचिव नारायण शर्माको संचालनमा सम्पन्न भएको थियो ।

लायन्स क्लब अफ बागलुङ सदस्यहरुको नेतृत्व विकासका साथै सामाजिक, शैक्षिक, जनस्वास्थ्य र मानविय सेवामा क्रियाशिल छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung