१ जेष्ठ २०८२, बिहीबार

 

मौसम अराजक भएको छ ।

 

मौसम अराजक भएको छ ।
बेमौसममा फुलेको फुल जस्तो ।।
ऋण लिएर विदेशमा हराएको युवा जस्तो
अखबारका बदनाम समाचार जस्तो ।
समय भन्दा पहिले जन्मेको बच्चा जस्तो
मौसम अराजक भएको छ ।।
समयको निर्मम प्रहारमा कैद विपी जस्तो
छोरालाई कुरिरहेको बाको लाश जस्तो ।
अफ्रिकाको डान्स वारमा बेचिएको चेलि जस्तो
कन्चनपुरको छातिमा लागेको गोलि जस्तो
मौसम अराजक भएको छ ।।
अभागि सिरिया र यमनको नागरिक जस्तो
समुद्रमा डुबिरहेको शरणार्थी जस्तो ।
व्याकुलतामा आक्रोशित ट्रम्प जस्तो
मिसाईलको पाहाडमा उभिएको उतर कोरिया जस्तो
मौसम अराजक भएको छ ।।
मेक्सिको को जंगलमा फसेको युवा जस्तो
लाभ कर खाने मन्त्री जस्तो ।
सधै गालि खाने हाम्रो टोलको भुसिया कुकुर जस्तो
वाचा कबुल तोडेर हिडेको प्रेमिका जस्तो
मौसम अराजक भएको छ ।।
भोगले तड्पिएको वस्ती जस्तो
घरको लागि संर्धष गर्दा चाउरिएको आमाको निधार जस्तो
दाईजोको बोझले घरमै बसिरहेको छोरि जस्तो ।
उपचार खर्च तिर्न नसकेर आत्मा हत्या गर्ने विरामि जस्तो
देशलाई भ्रममा राख्ने सरकार र विपक्षी जस्तो
फागुनमा पनि हिउँ परेको छ
मौसम अराजक भएको छ ।।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung