२ जेष्ठ २०८२, शुक्रबार

 

अन्तर्राष्ट्रिय बागलुङ सेवा समाजबाट क्यान्सर विरामिलाई सहयाेग

अन्तर्राष्ट्रिय वागलुङ सेवा समाज नेपाल वागलुङको सक्रियतामा संकलित ३ लाख ८० हजार ४ सय ८९ रूपैया आज वागलुङ नपा वडा नं ७ मा आयोजित एक समारोहका वीच प्रमुख अतिथि एवं स्थानीय विकास अधिकारी राम प्रसाद आचार्यज्युवाट सोहि वडा निवासी क्यन्सर रोग पिडित अनिता गैरेलाई हस्तान्तरण गर्नु भयो । यस पुर्व पनि निजलाई १ लाख २० हजार रूपैया सहयोग हस्तान्तरण गरिएको थियो ।

उक्त कार्यक्रम संस्थाका कोषाध्यक्ष वालकृष्ण शर्माको अध्यक्षता, मेघनाथ गैरेको स्वागत, वडा सचिव हिरा के।सी।को संचालनमा संचालन भएको, निजामति कर्मचारी आधिकारिक ट्रेड युनियनका अध्यक्ष तेज प्रसाद निउरे र पत्रकार महासंघका अध्यक्ष दिल श्रीसले शुभकामना दिनु भएको थियो भने संस्थाका वरिष्ठ सल्लाहकार युक्त प्रसाद सुवेदीले संस्थाको उद्धेश्य र राहत सहयोग कार्यक्रमको आवश्यकता र महत्व माथी प्रकाश पार्नु भएको थियो ।

सो अवसरमा वडावासीहरूको तर्फवाट प्रमुख अतिथि स्थानीय विकास अधिकारी राम प्रसाद आचार्यज्युलाई र सहयोग दाताहरू मध्य मुख्य पहलकर्ता संस्थाका सचिव तेजेन्द्र गैरेकी ममतामयी आमालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो सोहि अवसरमा वागलुङ नपा वडा नं।७ निवासि ध्रुव गैरेको पहलमा संकलित रकम द्धद्ध हजार रूपैया ध्रुव गैरेकी ममतामयी आमावाट अर्का कयान्सर रोग पिडित धनमाया विकका आफन्तलाई हस्तान्तरण गरिएको थियो ।

यस अवसरमा संस्थाका अध्यक्ष होमनाथ शर्मा उपाध्यक्ष लाल पाठक, सचिव तेजेन्द्र गैरे सदस्य महेन्द्र पन्त लगायतका संस्थाका पदाधिकारीहरू सदस्यहरू र सम्पुर्ण सहयोगि हातहरू प्रति अन्तराष्ट्रिय वागलुङ सेवा समाज नेपालको तर्फवाट हार्दिक धन्यवाद सहित आभार प्रकट गर्दै क्यन्सर पिडित अनिता गैरे र धनमाया वि।क।को शिघ्र स्वास्थ्य लाभ र दिर्घ जीवनको कामना गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung